भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको नियमित बैठक तथा बक्सिङ खेलाडी र खेल प्रेमीहरुको भेला अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा  बज्र गेष्ट हाउस तथा रेष्टुराँमा आइतबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले खेलकुदले स्वस्थ्य बनाउने भएकोले हाम्रो जीवनमा आति आवश्यक छ भन्नुहुदैँ खेल संगसंगै समसामयिक विषयमा जानकारी हुनुपर्ने भएकोले महिनाको एक पटक भेटघाट गरी देश र समाजबारे सकारात्मक छलफल र समसामयिक बिषयमा जानकारी हुने उद्देश्यले पनि यो समुह बनाएको बताउनुभयो । उहाँले यहाँ विभिन्न विचारको भएपनि खेलकुद, देश र समाजलाई राम्रो हुने बुँदामा सबै एकमत भई अगाडि बढ्ने बताउनुभयो । उहाँले खेलकुद विकासमा हुने निर्णयमा कसैले विमति नराख्न अनुरोध गर्दै संघसंस्थाको विभिन्न गतिविधिमा समेत सकृय हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सभापतिको मन्तव्य राख्दै भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापति बक्सिङ संघलाई क्रियाशील बनाउन र मासिक एक पटक बैठक बस्ने वातारबरणका साथै बक्सिङमा भई रहेको नयाँ नयाँ कुराहरु बक्सिङ खेलाडी र खेलप्रेमी साथीहरु विच शेयरिङ्ग अथवा साटासाट गर्न पाउँदा बढी जानकार हुने अवसर पाउने बताउनुभयो । उहाँले हामीले समाज आदर्श नबाएसम्म हामीले कमाएको जीउधन समेत सुरक्षा नहुने भएकोले जबसम्म समाजमा कुलतमा फसेका युवाहरु भएसम्म हाम्रो बालबच्चाहरु सुरक्षित नहुने र त्यस्ताको संगतले हाम्रा बालबच्चाहरु कुलतमा फसि धनजनको क्षेति समेत हुने भएकोले समाज राम्रो बनाउन आफुले पनि समाजको निम्ति समय खर्चिनु पर्ने बताउनुभयो । उहाँले भगत सिंह जन्मिना चाहिए लेकिन परोस कि घर मे भनाईले देशमा परिवर्तन नहुने भएकोले आफैबाट समाज राम्रो बनाउने कामको सुरुवाट गर्नुपर्ने बताउनुभयो । उहाँले समाजलाई बेवास्ता गरेर अरबपति खरबपति त बन्ला तर चोर डाका आएर हामी सबैलाई मारेर सबै सम्पति लुटेर लगे दुख गरेर जम्मा गरेको पैसा के काम आयो । त्यसैले समाजमा त्यस्ता मानिसहरु नहुने आदर्श समाजको कल्पना गरेर समाज परिवर्तनका लागि हामी लाग्नु पर्ने बताउनुभयो । उहाँले यस बक्सिङ संघले खेल संगसंगै साथीहरुको व्यक्ति विकासमा समेत टेवा पु¥याउने कार्यहरु समेत गर्ने भएकोले यसबाट धेरै उपलब्धि हासिल गर्न सक्ने बताउनुभयो । उहाँले खेलकुद जीवनको अभिन्न अंग भएकोले शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहार्य भएको बताउँदै बक्सिङ दिमागलाई तिक्ष्ण बनाउने बैज्ञानिक खेल भएको बताउनुभयो ।  
कार्यक्रममा तुल्सिराम ग्वाछा र साजन लघुले पनि बोल्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments