भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सोमबारदेखि सुरु भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँंझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु भएको हो । 
गाईजात्राको विशेष दिन भने आज मंगलबार हो । विशेष उल्लासकासाथ मंगलबार यहाँं धूमधामकासाथ गाईजात्रा मनाइँंदै छ । जात्राको विशेष आकर्षण घिन्तागिसी नाच हो ।
आज मंगलबारको जात्रा बिहानैबाट सुरु भए पनि भव्य भने दिउँंसो हुने गर्दछ । देशभरमै आकर्षक मानिने यहाँंको गाईजात्रा हेर्न काठमाडौ उपत्यका र उत्पयका आसपासका हजारौमा जात्रालुप्रेमी आउने गर्दछन् । 
मंगलबारको भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँंझ लाकुलाछें (पोटरीस्क्वायर) बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतिक) सहितको घिन्तागिन्सी हो । त्यस दिनको जात्रा समापनसँंगै साँंझ अन्तिम घिन्तागिन्सीको रुपमा यो निकालिन्छ । त्यस अवसरमा अघिल्लोतिर भैलद्य र पछाडि यो टोलबाट मृत्यु हुने सम्पूर्ण टोलबासीहरुको ताहासाँं (गाईको प्रतिकका रुपमा निकालिने) घिन्तान्गिसी हुन्छ । भैरबनाथ जात्रा सहयोग समिति लैको लाकुलाछें भक्तपुरका अनुसार यो वर्ष टोलमा २८ जनाको मृत्यु भएको छ । त्यसकारण यो वर्ष २८ परिवारका २८ ताहाचा र एक भैलद्यसासहित २९ टोलीं हुनेछन् । यी सवैको घिन्तागिसी टोली भने सामूहिक रुपमा एउटै मात्रै हुने परम्परा छ । अन्य मृतकको ताहाँंचा भने छुटाछटै रुपमा एउटाएउटा निकालिन्छ । आआफनो घरबाट सुरु भई त्यही पुगेपछि ती जात्रा अन्त हुन्छ । र त्यही अनुसारको छटाछुटै घिन्तान्गिसी टोली रहेका हुन्छन् ।  
भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिनबाट सुरु हुने यहाँकों जात्रा कृष्णअष्टमीसम्म चल्ने गर्दछ । जात्राको यो अवधिमा प्रत्येक दिन साँंझ नगरका टोलटोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ । 
नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइराख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ । नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँंस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोश्रो र तेश्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ । यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिने सार्र्वजनिक सूचना जारी गरिसकेको छ । 
इतिहास एं संस्कृतिविद् डा वीरेन्द्रप्रसाद कायष्ठले भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने जनाए । उनका अनुसार गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ । यो क्रममा गाईजात्राका दिन (यो वर्ष मंगलबार) यहाँं विशेष नाच ‘घिन्तान्गिसी’ प्रदर्शन हुने गर्दछ ।  

...

All Comments.......


Please Login/Register To Comments