भक्तपुर । भक्तपुरको गाईजात्राको विशेष आकर्षणको रुपमा साँंझ लाकुलाछें (पोटरीस्क्वायर) बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतिक) सहितको घिन्तागिन्सीमा यो वर्ष २८ जनाको ताहासाँं (गाईको प्रतिकका रुपमा निकालिने) ल्याइने भएको छ । यो हिसावले यो वर्षको टोली भैलद्यसहित २९ टोली रहने भएको छ । 
भैरबनाथ जात्रा सहयोग समिति लैको लाकुलाछें भक्तपुरका अनुसार यो वर्ष टोलमा २८ जनाको मृत्यु भएको छ । त्यसकारण यो वर्ष २८ परिवारका २८ ताहाचा र एक भैलद्यसासहित २९ टोलीं हुने जनाएको हो । यी सवैको घिन्तागिसी टोली भने सामूहिक रुपमा एउटै मात्रै हुने परम्परा छ ।
आजको दिनको जात्रा समापनसँंगै साँंझ अन्तिम घिन्तागिन्सीको रुपमा भैलद्यसहितिको घिन्तान्गिसी निकालिने गरिन्छ । त्यस अवसरमा अघिल्लोतिर भैलद्य र पछाडि यो टोलबाट मृत्यु हुने सम्पूर्ण टोलबासीहरुको ताहासासँंगै घिन्तान्गिसी हुन्छ । 

...

All Comments.......


Please Login/Register To Comments