भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको बिहीबार १६ वर्ष पूरा गरी १७ औ वर्षमा प्रवेश गरेको छ । विक्रम संवत् २०६६ भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।
डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएसँंगै पछिल्ला वर्षहरुमा भारतीय पर्यटकहरुको विशेष आगमन रहने गरेको जनाइएको छ । नेपाली भन्दा भारतीय रुपैयाँं वढी भेटी उठने गरेको केदारनाथको शिर डोलेश्वर महदेव मन्दिर संरक्षण तथा विकास समितिले जानकारी गराएको छ । समितिका अध्यक्ष धर्मराज वस्नेतले पछिल्ला वर्षहरुमा नेपाली भन्दा भारतीय रुपैयाँं भेटी बढी उठने गरेको जानकरारी गराए । यसको अर्थ नेपाली भन्दा भारतीय पर्यटक वढी आउँंछन् भन्ने नै हो, अध्यक्ष वस्नेतले भने ।
डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको अवसरमा बिहीबार यहाँं औपचारिक कार्यक्रम पनि भएको थियो । यो वर्षको साउनी मेला समापन कार्यक्रम गरिएको हो । एक महिने साउनी मेला साउन १ गतेबाट सुरु भई भाद्र ६ गते विहीबार समापन भएको थियो । 
कार्यक्रममा यो वर्षको एक महिने साउनी मेलाबाट कुल ८५ लाख ४७ हजार ६ सय ४० रुपैयाँं चन्दा संकलन गरेको जानकारी गराइयो । चन्दास्वरुप व्यक्तिबाट प्राप्त सहयोग (रसिद काटेर दिएको) ४५ लाख २० हजार दुई सय १६ र भेटी ४० लाख २७ हजार चार सय २४ रुपैयाँं गरी कुल ८५ लाख ४७ हजार ६ सय ४० रुपैयाँ उठेको केदारनाथको शिर डोलेश्वर महदेव मन्दिर संरक्षण तथा विकास समितिका कोषाध्यक्ष रत्नप्रसाद छुकांले जानकारी गराए । एकजना व्यक्तिबाट वढीमा एक लाख र घटीमा एक सय चन्दा दिएको जानकारी उनले गराए । उनका अनुसार रसिद काटेर चन्दा दिनेहरुमा घटीमा एक सय रुपैयाँंसम्म मात्रै लिने गरेको छ । त्यो भन्दा वढी रकम चन्दा दिए मात्रै रसिद काटेर चन्दा उठाइएको जानकारी उनले गराए ।
कोषाध्यक्ष छुकांका अनुसार उठेको रकमको राशी गतवर्ष भन्दा कम भएको छ । गतवर्ष साउने मेलाको एक महिनामा एक करोड तीन लाख पैसा उठेको स्मरण उनले गरे । यो वर्ष मेलाको क्रममा १२ लाख ३६ हजारको हाराहारीमा भएको जानकारी उनले गराए ।  
डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको अवसरमा विहीबार नगरपालिकाभरि स्थानीय सार्वजनिक विदा पनि घोषणा गरिएको थियो । नगर प्रमुख बासुदेव थापाले तीनवर्षदेखि डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको दिन पारी भाद्र ६ गते प्रत्येक वर्ष नगरपालिका क्षेत्रभरि स्थानीय सार्वजनिक विदा घोषणा गरी विदा दिंदै आएको जानकारी गराए । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अधयक्षहरु पनि सहभागी थिए । साथै कार्यपालिका सदस्यहरु तथा भक्तजनहरुको पनि उतिकै उपस्थिति रहेको थियो ।   
डोलेश्वरलाई केदारनाथको शिर घोषणा भएको दिनकै अवसरमा विहीबार बिहानदेखि दिनभर मन्दिरका चारवटै ढोका खुला गरिएको थियो । बिहान ४ बजेदेखि साँंझसम्म चारै ढोका खुला राखिएको थियो । यही कारण अन्तिम दिन विहीबार भक्तालुहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले मन्दिरभित्र प्रवेश गरी पूज ागर्ने अवसर पाएका थिए । अन्य दिनहरुमा सर्वसाधारणले मन्दिर भित्र पुगेर पूजाआजा तथा दर्शन गर्न मनाही छ । 
डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन हरेक वर्ष मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्ने व्यवस्था हुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments