भक्तपुर । भक्तपुरमा भइरहेको आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ । यसअघि प्रतियोगिताको उदघाटन भदौ १ गते भएको थियो । 
प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ३७ वटा स्कुलहरुले सहभागिता जनाएको आयोजक एभरेस्ट स्कुल मिवाछें भक्तपुर २ ले जनाएको छ । प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज, सिनियर गल्र्स र जुनियर गल्र्स गरी चार विधामा भइरहेको छ । 
प्रतियोगिताको समापन भाद्र १२ गते हुने जनाइएको छ । विजयी टिमहरुलाई मेडल, टफी तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments