भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ७ धुन्चेपाखामा शुक्रबार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रष्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ । ग्यासबाट दुध तताउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । तत्कालै प्रहरी वृत्त ठिमी भक्तपुरबाट  प्र.ना.उ. को कमाण्डमा २० जनाको टोली खटिई गएको स्थानीयबासीहरु र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको परिसरमा सूचना अधिकृत राजन कार्कीले जनाए । आगलागिबाट अन्दाजी मूल्य रु. तीन लाख ५४ हजार बराबरको सामानहरु जली क्षति भएको जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments