तीनजना भक्तपुरे सुनकोशी नदीमा बस खस्दा बेपता
काठमाडौं । मध्य पहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोसी नदीमा खसेर वेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा गाडी अनियन्त्रित भएर नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा वेपत्ता भएका हुन् ।
गाडी चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
नदीमा खसेर वेपत्ता भएको गाडीसहित सवार यात्रुहरुको खोजी कार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments