भेटियो जिप, भेटिएको छैन वेपता तीनैजना
- Post Date 2024-08-25 04:11:17
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिप फेला परेको छ । शनिवार जिपमा सवार तीनजनासहित जिप सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटना लगतै खोजीमा जुटेको गोताखोरको टोलीले आज बिहान २ बजेतिर मात्रै जिप भेटाएको हो । तर, जिपमा सवार ३ जना भने अझै बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य अझै जारी रहेको प्रहरीले बताएको छ ।
खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिवार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडीबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनको उपचार खुर्कोट अस्पतालमा भइरहेको छ ।
जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।
...
All Comments.......
Please Login/Register To Comments