- Post Date 2024-08-25 05:12:48
षड्यन्त्रको उपलब्ध परिभाषामा भनिएको छ, कुनै कानुनी काम गैरकानुनी तरिकाबाट गर्ने वा गराउन गरिएको मतलाई षड्यन्त्र भनिन्छ । देशमा कति पञ्च र कति बहुदलवादी छन् भन्ने अनुमानलाई जनमतसङ्ग्रहले क्रमशः ५५ प्रतिशत र ४५ प्रतिशत भएको पुष्टि सरकारी पक्षले नै गरिसकेको छ । ४५ प्रतिशतका बहुदलवादीहरू विभिन्न समूहमा विभाजित छन् । ती समूहमध्ये ‘रोहित’ समूह एउटा हो । बहुदलवादीहरू पञ्चायती व्यवस्थाका विरोधी हुन् । बहुदलवादीको प्रतिकार गर्नु पञ्चहरूको अधिकार र कर्तव्य हो । पञ्चायत व्यवस्थाविरुद्ध त्यस्तो नैसर्गिक अधिकार र कर्तव्य प्रतिबन्धित राजनैतिक समूहहरूले आ–आफूमा सुरक्षित राखेका छन् । ‘व्यवस्थाविरोधी गतिविधिको राजनैतिकरूपमा प्रतिकार गर्ने दृढता’ अनगिन्ती पटक व्यक्त गरे पनि यो देशमा व्यवस्था र सरकारसँग भिन्न मत राख्नेहरूविरुद्ध ‘मृत्यु घण्टा’ बजिसकेको छ; कतिपय नेता र कार्यकर्ताहरू सशरीर उन्मूलन भइसकेका छन् । जेलमा कोचिएका छन् । आज पनि खबरदारी, कडा कारबाहीको चेतावनी आदि सुनिएकै कुरा हुन् । राजनैतिकरूपले प्रतिकार गर्न राजनैतिक सिद्धान्तको अभावमा दण्डाले प्रतिकार गर्न बाध्य हुन्छन् । कमजोर सरकार, सिद्धान्तविनाका राजनीतिज्ञहरू बढी निरङ्कुश हुन्छन् भन्ने कुरा देशको दैनिक घटनाले पुष्टि गरिरहेको छ । त्यसैले यहाँको व्यवस्था र सरकारका शो केसका राजनीतिज्ञहरूले राजनैतिकरूपले प्रतिकार गर्ने दृढता व्यक्त गर्नु र हुटिट्याउँले सगर थाम्ने अठोट गर्नुमा कुनै अन्तर छैन ।
जे होस्, बहुदल पक्षका ‘रोहित’ समूहको विरोध गर्नु पञ्चायती व्यवस्था र सरकारको कर्तव्य र दायित्वभित्रै पर्दछ† कानुनले मान्यता दिएकै विषय हो । तर, व्यवस्था र सरकार राजनैतिकरूपमा आउन सकेन र ‘फाँसी दे’ को नारा लिएर षड्यन्त्रपूर्वक सशरीर उन्मूलन गर्न खोजेको देखिन्छ । रोहित समूहविरुद्ध प्रतिकार गर्ने ‘कानुनी काम’ लाई कार्यपालिका प्रमुख मरिचमान सिंह श्रेष्ठ र व्यवस्थापिका प्रमुख नवराज सुवेदीले ‘गैरकानुनी तरिकाबाट’ सशरीर उन्मूलन गर्न ‘सहमत’ भएकोले भक्तपुर काण्ड सरकारी षड्यन्त्र हो । जिल्लादेखि केन्द्रसम्मको राज्यका सम्पूर्ण निकाय संलग्न भएकाले यसलाई राज्यस्तरको षड्यन्त्र मान्नुपर्छ ।
राज्यस्तरबाट षड्यन्त्र हुनु कुनै नौलो घटना वा विषय होइन । परापूर्वकालदेखि राज्यस्तरको षड्यन्त्रहरू भएको तथ्य इतिहासमा पाइन्छ । राणाकालमै षड्यन्त्र गरी ‘एक तीर दुई सिकार’ गरिएका घटनाहरू इतिहासका पाना–पानामा भेटिन्छन् । त्यस्तै, कूटनीतिका पारखी मानिने चाणक्यले कौटिल्य अर्थशास्त्रमा, विद्वान इतिहासकार सत्यकेतु विद्यालङ्कारको ‘आचार्य विष्णु गुप्त चाणक्य’ (ऐतिहासिक उपन्यास) मा, मेकियावेलीको ‘द प्रिन्स’ मा यस्ता घटनाहरूको वर्णन र उल्लेख गरिएको पाइन्छ । विश्व प्रसिद्ध साहित्यकारहरूको कृतिमा पनि यस्ता विषयलाई स्थान दिएको पाइन्छ । सारमा, षड्यन्त्र धेरै पुरानो हो । अतः भक्तपुर काण्ड न पहिलो षड्यन्त्र हो न अन्तिम नै हुनसक्छ । विगतमा ‘विषकन्या’ प्रयोग गरिन्थ्यो भने भक्तपुरमा ‘विषकुमार’ प्रयोग गरियो भन्दा अत्युक्ति नपर्ला !
विषकुमार किन ?
अतीतमा प्रयोग गरिने ‘विषकन्या’ हरू सामान्य कन्याभन्दा सुन्दरता, बोली वचन, हाउभाउ …. आदि सबै क्षेत्रमा उत्तम (बढी) हुन्थे । त्यस्ता ‘विषकन्या’ अचेल पाइँदैन । तर, पनि विषकन्या जसरी एक नजरमा नयनाकर्षक र चित्ताकर्षक हुन्छन् त्यस्तै नाम चलेको व्यक्तिलाई अचेल प्रयोग गरिन्छ । भारतीय सभामुख बलराम जाखडप्रति अशिष्ट व्यवहार गराउन चर्चित रा.प.स. उमेशजङ्ग थापालाई उपयोग गरिएको थियो । त्यस्तै, कर्णप्रसाद ह्योजु रा.प.स. भइसकेको र ‘रोहित’ समूहबाट निकालिएको कारण उनी नाम चलेका व्यक्ति हुन् । त्यस्तो व्यक्ति प्रयोग गर्दा जुन उद्देश्यले षड्यन्त्र गरिएको हो त्यो पूर्तिको निम्ति व्यापक प्रचारमा निकै सघाउ पुग्छ । घटनाले पनि यसलाई पुष्टि गरेकै हो ।
‘रोहित’ समूहबाट निकालिएका कर्ण ह्योजुलाई आफ्नो खेमामा स्वागत गरेपछि व्यवस्था र सरकारले धेरै ठुल्ठुला उपलब्धिको अपेक्षा गरेको कुरो माथि पनि गइसकेको छ । रोहित प्रवासमा छँदा भक्तपुरका कार्यक्रमहरू उनकै अगुवाइमा भइरहेकोले उनी रोहित समूहको ‘दोस्रो नेता’ र ‘महत्वपूर्ण व्यक्ति’ को रूपमा प्रचार भइसकेका थिए । त्यसैले ह्योजु नभएपछि रोहित समूह ऐना फुटेझैँ चकनाचुर हुनेछ जुन कहिल्यै जोडिने छैन भन्ने आशयका खबरहरू छापामा पनि देखिएका थिए । तर, ह्योजु निकालिएपछि त्यस्तो केही भएन । एक गिलास पानीबाट छचल्किएर पोखिएको एक थोपा पानी र ‘रोहित’ समूहबाट निकाला गरिएका ह्योजुको स्थिति एवम् महत्व तथा परिणाममा कुनै भेद देखिएन । २०४३ को वर्गीय सङ्गठनको प्रारम्भिक समितिको निर्वाचन लड्न भू.पू.रा.प.सं. कर्ण ह्योजु नगर छोडेर चित्तपोल गाउँमा पुगेबाट उनको चुरीफुरी सबै जगजाहेर भयो ।
यसरी पाइला–पाइलामा पराजय भोग्दै हिँडेका ह्योजु व्यवस्था र सरकारलाई निल्नु र ओकल्नुको घाँडो बन्ने नै भए । घाँडो पनि झुसिल्किरा जस्तो अति खन्चुवा स्वभावको आखिर ह््योजु पनि त पञ्च हुन्; नखाई काम गर्न सक्ने ‘जनसेवक’ को क्षमता उनले २, ३ वर्ष अघि नै गुमाइसकेका थिए । व्यवस्था भक्तहरूको जमात तयार पार्ने नाममा जति रकम ल्याए पनि ह््योजुले उपलब्धि देखाएर आफ्ना मालिकहरूलाई सन्तोष पार्न सकेनन् । ह्योजु आफै प्रत्येक कोसिसमा विफलतामा टुङ्गिएबाट विचलित हुने अवस्थामा पुगेका थिए । यस्तैमा भदौ ५ गते भूकम्प गयो । ह्योजुले आफ्नो ‘प्रभाव’ बढाएर उपलब्धि देखाउने सुवर्ण अवसर देखे । त्यही प्रस्ताव लिएर उनी प्रधानमन्त्री र रा.प. एवम् प.नी. जाँ.बु.स. अध्यक्षसमक्ष बिन्ती गर्न पुगे । श्री ५ को सरकारले इतर समूहलाई उद्धार र राहत सामग्री वितरण गर्नमा रोक लगाएको नीतिले भक्तपुरमा रोहित समूह र अन्य इतरहरू पनि बाँधिएकै थिए । यस्तो परिस्थितिमा पञ्च ह्योजुको सोचाइ आफ्नो ठाउँमा जायज थियो । तर, रोहित समूहको प्रभावको कारण ‘भक्तपुरे ज्यापू’ हरूलाई राहत र रकमले पञ्च बनाउन नसकिने पूर्व ज्ञान भएका कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखले ह्योजुको त्यही जायज सोचाइमा षड्यन्त्रको पहिलो बिजाङ्कुरण देखे । त्यस बिजाङ्कुरणलाई झाङ्गिन दिन श्री ५ को सरकारले भूकम्पकै दिन घोषणा गरेको प्रति मृतक रु. २०००।– (दुई हजार) र प्रतिपीडित परिवार ४० (चालीस) केजी चामल पूर्वाञ्चल, काभ्रे जिल्लामा वितरण ग¥यो ।
तर, धेरै क्षति भएको भक्तपुरमा निकासासम्म गरेन । रकम निकासा ग¥यो† सरकारी राहत अझै रोकिराख्यो । राजधानीबाट १३ किमि टाढा रहेको भक्तपुरमा सरकारी राहत रोकेर ‘विशेष नीति’ तर्जुमा गरी गैरसरकारी दाता संस्था र ह्योजुलाई ‘क्षमा पूजा’ को दिन पारी पठायो । पूजाआजामा नेवारहरू जाँडरक्सी बढी प्रयोग गर्छन् र फलस्वरूप हुल हुज्जत पनि हुने गरेको कुरा जगजाहेर छ । (सरकारी राहत भदौ ९ गतेको घटना घटेपछि मात्र उपलब्ध भएको थियो ।) उपत्यकामा भूकम्पको बढी चोट भक्तपुरलाई परेको थियो र हजारौँको सङ्ख्यामा पीडितहरू थिए । तर, ‘विशेष नीति’ अन्तर्गत पठाइएको गैरसरकारी राहत सामग्री जम्मा ७० (सत्तरी) परिवारको लागि मात्र थियो । असीमित आवश्यकता र सीमित आपूर्ति झगडाको बीउ हो । ‘जहाँ कङ्गाल त्यहाँ चण्डाल’ को अर्थ बुझेका वाकपटु ह्योजुले प्रधानमन्त्री र रा.प.एवम् प.नी.जाँ.बु.स. अध्यक्षसँग आफ्नो सुरक्षाको बन्दोबस्त गरिदिन अनुरोध गर्नु जति स्वाभाविक छ† कार्यपालिका प्रमुख र व्यवस्थापिका प्रमुखले सुरक्षाको ग्यारेन्टी दिनु पनि त्यत्तिकै औपचारिक छ । गोल्मढीमा डी.एस.पी. अनि प्रहरी भ्यान आइपुग्दा र छोडेर जाँदा ह्योजुको अनुहारमा आएको परिवर्तनको कारण पनि यही हो । राज्यस्तरको षड्यन्त्रमा आफूलाई उपयोग गरिएला भनी ह्योजुले सपनामा पनि सोचेका थिएनन् होला ! ‘रोहित’ समूह उन्मूलन गर्ने ठूलो स्वार्थ पूरा गर्न बिनाकामको घाँडो ह््योजुलाई यस षड्यन्त्रमा ‘क्यास’ (भजाउनु) गरिएको थियो ।
स्थानीय प्रशासनको भूमिका
आज प्रहरी ‘रक्षक होइन भक्षक’ हो भनी कसैलाई सम्झाइरहनु पर्दैन । तर, भदौ ५ को भूकम्पमा प्रहरीद्वारा भएको उद्धार कार्य देख्नेहरूले आफ्नो सोचाइमा परिवर्तन गरी ‘प्रहरी रक्षक नै हो’ भन्न बाध्य हुनैपथ्र्याे । यद्यपि, यो बाध्यता वा विश्वास धेरैबेर टिक्न सकेन ।
भदौ ५ गतेदेखि प्रशंसायुक्त उद्धार कार्यमा संलग्न प्रहरीको त्यत्रो फौज ठीक घटनाको बेला लुके वा लुकाइए र ‘फोर्स नपुगेको’ निहुँ बनाइयो ।
घटनाको २–३ घण्टापछि त्यो प्रहरी फौज पुनः देखाप¥यो र रोहित, माननीय गोविन्द दुवाल, न.पं. का जनप्रतिनिधिहरू एवम् ‘रोहित’ समूहका थुप्रै कार्यकर्ताहरूको घरघरमा करिब एउटै समयमा छापा मार्न पुग्यो । ‘रोहित’ समूह समर्थित उम्मेदवारलाई जहाँ जहाँबाट बढी मत आएको थियो ती सबै नगर र गाउँका क्षेत्रमा प्रहरीराज कायम गर्दै जो पायो त्यसलाई पक्राउ गर्न; नागरिकहरूको झ्याल ढोका फोड्न; सम्पत्ति विनास पार्न र कुम्ल्याउन; महिलाहरूप्रति अभद्र व्यवहार आदि गर्न ‘भष्मासुर’ सरह प्रहरीहरू पुगे । प्रहरीलाई प्रत्येक रात एक ‘शुभलाभको रात’ हुन्थ्यो र खोजबिनमा निस्कन्थ्यो; जबकि घटना दिनको स्पष्ट उज्यालोमा भएको थियो । पक्राउको क्रममा टोल र गाउँका जालीफटाहाहरूले पनि यथेष्ट लाभ उठाए । व्यक्तिगत शत्रु, निःसन्तानको सम्पत्ति खान बाधा दिने धर्मपुत्र आदि पनि पक्राउमा पारी अभियुक्त बनाएको देखिन्छ ।
रोहित र अन्य थुप्रै व्यक्तिको घरको खानतलासी लिँदा कानुनअनुसार पु¥याउनुपर्ने कुनै नियम नपु¥याई ‘डकैती’ सरहको व्यवहार पनि प्रहरीबाट भयो । तलासीमा प्रज्ञाप्रतिष्ठान, पुस्तकालय र खुला बिक्री भएका पुस्तक पत्रपत्रिका पनि ‘अवैध’ ठह¥याउँदै लगेको सम्पत्ति पनि हालसम्म फिर्ता दिएको छैन ।
सयौँको पक्राउ, घर–तलासी, तिनीहरूमा आश्रित हजारौँ बुढाबुढी, आइमाई, केटाकेटीको त्रस्त जनजीवन प्रहरी आतङ्कबाट सृजना भयो । किसान परिवारका युवाहरू पनि पक्राउ परे अथवा भूमिगत भए† रोहित समूहसँग भिन्न मत राख्ने परिवारका युवाहरूसमेतको जनजीवन अस्तव्यस्त बनाइएको थियो; खुला हिँड्न डराएका थिए । वर्षात्को मौसम भए पनि घरमा सुत्न डराएर पाटी र बाटोमा सुत्न बाध्य बनाइयो । भदौ महिनामा पनि भक्तपुरमा शिवरात्रि पर्व परेकोझैँ प्रत्येक टोलमा धुनी बलेको थियो ।
पक्राउ परेकालाई बर्बर यातना दिनु प्रहरीको सामान्य ‘सेवा’ नै मानियो । ‘जिउँदो व्यक्तिलाई मारेकोमा ‘साविति’ भई अदालतबाट सजाय भोगिरहेको’ तथ्यको उदाहरण नेपालमै भएको कुरा छापामा आएको (साप्ताहिक ‘मातृभूमि’ … सन्दर्भमा लामो चर्चा आवश्यक छैन । विशेष अदालतमा समेत ती यातनाका घाउहरू देखाइएको थियो । हत्याको छानबिन भनेको अपराधीहरू पत्ता लगाउने, सबुत प्रमाण खोज्ने, प्राप्त प्रत्येक सूत्र केलाउने, घटनाको सुरु, तीव्रता र अन्त्य कसरी, कहाँ भयो आदि कुशल र दक्षतापूर्वक गरिने अनुसन्धान हो† डर, धम्की र यातनाले अभियुक्तलाई कायल गराउनु होइन । तर, प्रशासनले तयार पारेको बयानमा सही गर्न अस्वीकार गर्दा प्रहरी हिरासतमा भू.पू.प्र.पं. ज्ञानबहादुर न्याइच्याईलाई यातना दिँदै प्रहरीले भने, “तिमीहरू निर्दोष छौ भन्ने कुरा हामीलाई थाहा छ तर पनि हामी बाध्य छौँ ।”
त्यस्तै, भू.पू.प्र.पं. ओमचरण अमात्यलाई ‘यातनाले लत्रेनौ र सही गरेनौ भने खल्तीमा लागूपदार्थ राखेर ३३ वर्ष जेलमा जाकी दिउँला’ भनी धम्की दिइयो । भू.पू. रा.प.स. गणेशबहादुर खत्रीले प्रहरी हिरासतमा अमात्यलाई भेटेर ‘हामीले भनेको कागजमा सही ग¥यो भने सजाय घटाइदिउँला’, भनेका थिए । केही भ्रष्ट पञ्च र अवसरवादीहरू अभियुक्तहरूलाई दिइएको यातनामा थप तीव्रता ल्याउन चाकडी गर्थे; ‘जुजु धौ’ पु¥याउँथे ।
प्रहरी हिरासतमा रोहितसँग बयान लिने प्रहरी अधिकृतहरू चकित हुँदै सोध्थे, ‘९ गते पिट्ने पनि तपाईँकै मान्छे; १० गते ‘फाँसी दे’ भनी नारा लगाउने पनि तपाईँकै मान्छे; के चाला हो यो ? आफै ‘बोक्सी’ आफै झाँक्री !’ स्मरण रहोस्, भदौ ९ गते बेलुका रोहित, माननीय गोविन्द दुवाल, न.पं. पदाधिकारीहरू पक्राउ गरेको खबर पाएपछि रोहित समूहका कार्यकर्ता रातिदेखि नै भूमिगत भइसकेका थिए भने १० गतेको जुलुसमा कसलाई देखेर त्यस्तो भनियो ? प्रहरीले हत्याराहरू चिनेको कुरामा कुनै संशय छैन । तर, वास्तविक अपराधी पक्राउ गर्दा ‘लहरो तान्दा पहरो गर्जने’ तथ्यबाट ती प्रहरी अधिकृत सायद अनभिज्ञ थिए ।
असोज १ गते शनिबारको दिन अप्रत्याशितरूपमा प्रहरी घेराबन्दीमाझ भएको सरजमिनमा भ्रष्ट पञ्च एवम् प्रशासनको दबाब र लोभलालचमा बकाइएको थियो । सरजमिनपछि ती कथित ‘प्रत्यक्षदर्शी’ हरूले भक्तपुर नगरपञ्चायत, खानेपानी कार्यालय, साना उद्योग क्षेत्रभित्रका उद्योग आदि ठाउँमा जागीर पाएका छन् । सरजमिनमा स्पष्ट धाँधली गरेबाट भक्तपुरवासीहरू चिन्तित देखिए तर मेकियाबलीको ‘खराबीले साथमा असल पनि बोकेर ल्याएको हुन्छ’ भन्ने भनाइलाई त्यो दिन हजारौँ महिलाले चरितार्थ गरे । भक्तपुरमा थुप्रै जुलुस भए तर सरकारविरोधी महिलाहरूको जुलुस त्यो दिन (०४५–६–१) पहिलोपटक भयो । जहाँ बढी दमन हुन्छ त्यहीँ ठुलो विस्फोट हुन्छ भन्ने भनाइ त्यस ऐतिहासिक महिला जुलुसबाट चरितार्थ भएको देखियो । एकपक्षीय धाँधलीपूर्ण सरजमिन बदर गरी पुनः सरजमिनको लागि सात हजार नगरवासीको ‘बिन्तीपत्र’ दर्ता गरिएको र न्यायपालिकामा निवेदन दिइएको थियो । यी कुराबाट यस राज्यस्तरको षड्यन्त्रमा स्थानीय प्रशासनले भूमिका खेलेको देखियो ।
स्रोत : ‘फाँसी दे’
All Comments.......
Please Login/Register To Comments