काठमाडौं । हजुरलाई नमस्ते टे«ड लिङ प्रालि बाफल रिंगरोड काठमाडौले आफूहरु जस्ता साना व्यवसायीहरुमाथि अन्याय भएको आरोप लगाएको छ । प्रालिका प्रोपाइटर ताराबहादुर कुँंवरले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी साना व्यवसायीले आयात गरेको वस्तु तथा उत्पादन ग्राहकसामु प्रदर्शन गर्नबाट बञ्चित गराएको आरोप लगाएको हो । 
यसपालीको नाडा अटो सो २०८१ मा कम्पनीबाट आयातित वस्तुहरुको स्टल नदिएर चुरीफुरी देखाएको आरोप छ । कम्पनीले आयात गरेको वस्तु तथा उत्पादनहरुको देशव्यापी ग्राहकको लोप्रियता देखेर आतिएर यस्तो काम गरेको आरोप लगाइएको छ । 
यसअघि हामीले प्रत्येक वर्ष स्टल राख्दै आएका थियौं तर यो वर्ष हामीलाई ठाउँं उपलव्ध नगराई षडयन्त्र गरयो, नाडालाई बुझाइएको ध्यानाकर्षणमा उल्लेख छ । ध्यानाकर्षणमा नाडाका अध्यक्ष करण चौधरी, अटो शोका सहसंयोजक अनुप बराल, कोषाध्यक्ष मिलन मल्लसमक्ष न्यायको माग गरिएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments