र्दुगमका स्वास्थ्य संस्थाहरु सेवा प्रवाहमा अब्बल
- Post Date 2024-08-27 14:08:54
खड्क सुनार
मुगु ११ भदौ
पछिल्लो समय हिमाली जिल्ला मुगुका दुर्गम स्थानमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरु सेवा प्रवाहमा अब्बल बन्दै गएका छन् ।
बिगतका बर्षहरुमा दुर्गमका स्वास्थ्य क्षेत्रमा उल्लेखिय मात्रा प्रगती नदेखिए पनि पछिल्लो समय दुर दराजका स्वास्थ्य संस्थाहरु सेवा प्रवाहमा फड्को मार्दै गएका हुन ।
जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरु सेवा प्रवाह , बिरामि उपचार लगायत अन्य स्वास्थ्य सेवा प्रवाहमा अगाढी बढेको हो ।
मंगलवार बाट शुरु भएको दुई दिने आर्थिक बर्ष २०८०।०८१ के बार्षिक समिक्षा गोष्ठिमा यस्तो पाईएको हो । भौगोलिक विविधताले पछि परेको कार्मारोङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरु सेवा प्रवाह लगायत मानिसको उपचारमा उल्लेखिय भुमिका निर्वाह गरेका छन् ।
मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी बुधवार सम्पन्न भएको छ । गाउँपालिकाका ९ वटै वडामा रहेका १३ वटा स्वास्थ्य संस्थाहरुले आर्थिक बर्ष २०८०।०८१ मा सम्पन्न बगरेका बार्षिक कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा कार्यक्रममा यस्तो पाईएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा गोष्ठीमा गर्भवति र सुत्केरी सेवा , किशोरीहरु लाई आईरन फोलिक ऐसिड ट्याब्लेट खुवाउने , सम्पुर्ण बालवालिकाहरुले ९५ प्रतिशत खोप पाएको समुदाय स्वास्थ्य संस्था स्तर बाटै समिक्षा कार्यक्रम सुरु गरिएको , सबै स्वास्थ्य संस्थामा औषधीको प्रयाप्तता भएपनि केही आवश्यक भौतिक संरचना र सामाग्रीहरुको अभाव रहेको , बिसीजि खोप लगायतका अन्य केही खोपहरु खेर जाने दर बढीरहेकाले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक बलि बहादुर बुढाले बताए ।
उनका अनुसार पालिका अन्तर्गत रहेका अस्पताल ,स्वास्थ्य चौकि , स्वास्थ्य केन्द्र र ईकाईहरुले स्वास्थ्य शाखामा आफ्नो स्वास्थ्य विवरणहरु प्रस्तुत गरेका छन् । १ आधारभुत अस्पताल , ४ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र , ३ सामुदायिक स्वास्थ्य ईकाई , २० वटा खोप क्लिनिक र ५ वटा गाउँघर क्लिनिक रहेका छन् ।
उक्त अवसरमा ९ वटै वडामा रहेका स्वास्थ्य सस्था प्रमुखहरुले आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य सुचकहरुको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेका प्रमुख स्वास्थ्य समस्याहरु,स्वास्थ्य सुचनाको व्यवस्थापनको वर्गीकरण लगायतका विषयमा जानकारी गराएका थिए ।
उक्त अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुगु स्वास्थ्य चौकिका सि अनमि सोनाम लामाका अनुसार दुर्गमका स्वास्थ्य संस्था , स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा नागरिकको ईच्छा अनुसार सेवा प्रवाह गरेको बताईन । साथै पोषणका सामाग्रीहरु स्वास्थ्य चौकीबाटै प्रदान गर्न र विरामीलाई आवश्यक उपकरण र स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्न सकेमा सेवा स्वत प्रभावकारी हुने बिश्वास गर्नु भएको छ ।
सोही अवसरमा स्वास्थ्य शाखाका प्रमुख सिंहमल बुढाका अनुसार पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भएपनि कतिपय सामान्य रोगका बिरामीहरु पनि बढेको भन्दै त्यसको रोकथामका लागि अभ्यास थाल्ने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत सुवास रावलका अनुसार अन्य विकासका काममा जस्तो शिक्षा र स्वास्थ्यका क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अन्य पूर्वाधार निर्माणका क्षेत्रमा जस्तो लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
गोष्ठी कार्यक्रममा मुख्य ३० वटा सुचकहरु भित्र रहेर उत्कृष्ट कार्य गरेका चार वटा स्वास्थ्य संस्था सम्मान गरेको छ । जसमा पहिलो पुलु स्वास्थ्य चौकि , दोश्रो मांग्रि स्वास्थ्य चौकि , तेश्रो ९ नं वडाका स्वास्थ्य संस्था र चौथो मह स्वास्थ्य चौकि लाई प्रमाण पत्र सहित सम्मान गरेको जन स्वास्थ्य निरिक्षक बलि बहादुर बुढाले अवगत गराए ।
All Comments.......
Please Login/Register To Comments