भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा काठमाडौ उपत्यकाका सरकारी अस्पतालमा भएका सी.टी. स्क्यान भन्दा बढी क्षमताको सिटी स्क्यान मेशिनबाट उपचार हुने भएको छ । यसले क्यान्सर बिरामीहरुको निदान र उपचारमा ठुलो सहयोग पुग्ने विश्वास अस्पतालले गरेको छ । 
मंगलबार अस्पतालमा एक कार्यक्रम गरी यसका साथै दुई वटा उपकरणहरुको उदघाटन हुने भएको छ । भारत सरकारबाट सहयोग स्वरुप प्राप्त रेडियोथेरापी मेशिनको पनि हस्तान्तरण कार्यक्रम हुने भएको हो । साथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजत बजेटबाट खरिद गरिएको मोडुलर ओटीको पनि उदघाटन हुदैछ । यसको   निर्माण भए पश्चात् अप्रेशन गर्ने बिरामीहरुको पालो कुर्नुपर्ने समय घट्दै गएको जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेल रहने अस्पतालका निमित कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताए । 

...

All Comments.......


Please Login/Register To Comments