भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल
काठमाडौँ । नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाकाप्रमुख सुनिलप्रजापति र वडा नं. २ का वडाध्यक्ष  टोलीले आइतबार माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेट गरी भक्तपुर क्यान्सर अस्पताल सञ्चालन कार्यविधिमा भएको अस्पष्टता र कर्मचारी सम्बन्धी व्यवस्थापन सम्बन्धमा ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुवालले कार्यविधिमा २०–२२ वर्षदेखि अस्पतालमा कार्यरत रही स्थायी अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्यविधिमा समितिले करारमा नियुक्ति गर्ने भनिएको हुँदा त्यसलाई हटाइ कार्यरत कर्मचारीहरुले विगतमा खाइपाइ आएको सुविधामा नघट्ने गरी समितिले निरन्तरता दिनु पर्नेतर्फ मन्त्री ढकालको ध्यानाकर्षण गर्नु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये आधाजसो स्थायी भैसकेको हुँदा ती कर्मचारीहरुलाई कुनै किसिमको समस्या नहुने गरी अस्पताल संचालनको लागि उचित वातावरण बनाउन मन्त्री ढकाललाई आग्रह गर्नुभयो ।
स्वास्थ्यमन्त्री ढकालले गठन आदेशबाट कर्मचारीलाई अप्ठेरो हुन गएको भए छलफल गरी खाइपाई आएको सुविधालाई असर नपर्ने गरी व्यवस्थापन गर्न आफु सकारात्मक भएको बताउनु भयो ।

छलफलमा मन्त्रालयका डा. गुणराजले मन्त्रालय पनि सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments