छतबाट खसेर एकजनाको मृत्यु
- Post Date 2024-08-29 10:32:49
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने वर्ष ५२ को विष्णु वैद्य आफ्नै साढे ३ तल्ले घरको छतबाट अचानक पछाडि धान खेतमा लड्न जाँदा गम्भिर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । लाश पोष्टमार्टमको काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुर लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
...
All Comments.......
Please Login/Register To Comments