भक्तपुुर, १३ भाद्र । पिप्यकगु नेपाल भाषा साहित्य तःमुुज्या ग्वसाखलको आयोजनामा अतिथि सत्कार समिति र खानपान व्यस्थापन समिति गठन गर्न किसान मजदुर युवाहरुको भेला एक समोराह बीच सम्पन्न भयो । 
उक्त भेलामा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले खानपान र अतिथि सत्कार जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताउँदै तःमुुज्या यहाँको मात्र नभई राष्ट्रिय र अन्तराष्ट्रियस्तरको भएको बताउनुुभयो । 
ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजूले अरुले गर्छ भनेर जिम्मेवार पन्छिन नहुने बताउँदै राम्रो अतिथि सत्कार पछिसम्म प्रभावित हुने बताउनुुभयो । उहाँले तःमुुज्या उत्पति कामदार वर्गको पक्ष भएको बताउनुुभयो । उहाँले तःमुुज्याले जनतालाई सचेत र संगठित गर्दै आएको बताउनुभयो ।
वडा नं १० का लक्ष्मी प्रसाद ह्यौमिखाले भक्तपुर काण्ड राज्यस्तरबाट रचिएको नयाँ नयाँ कुराहरु उजागर भएकोले अहिले पनि त्यस्तो घटना हुन सक्ने भएको सचेत रहनुपर्ने बताउनुुभयो । साथै कार्यक्रममा सबैको सहयोगको लागि अनुरोध गर्नुभयो । 
त्यस्तै सास्कृतिक समितिको आयोजनामा संगितकर्मिहरुको भेला साँस्कृतिक विधाहरुको डकुमेन्ट्री तयार गर्न संगित, प्रकास प्रणाली, क्यामेरा समेत व्यवस्थित गर्ने बताउनुु भयो । उहाँले विकृतिमूलक हटाई प्रगतिशील गीत संगित प्रस्तुकको लागि पहल गर्नुभयो ।
साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापति, संगितकर्मी बद्रिनारायण ताम्राकार, सुलोचना छ्वाजु, भिमप्रसाद प्रजापति, प्रेम प्रजापतिले बताउनु भयो ।

...

All Comments.......


Please Login/Register To Comments