भक्तपुर, १५ भाद्र । केदारनाथ बचत तथा ऋण सहकारी लि.को बार्षिक समिक्षा र आ.ब. २०८१÷०८२ को कार्य योजना तथा बजेट तर्जुमा कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सहकारी कै सभाहल जगातिमा शनिवार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा विशेष अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले सहकारीबारे जानकारी पाउने र कसैले बुझ्न चाहे जानकारी दिनसक्ने गरी बस्नुपर्ने भएकोले समीक्षा कार्यक्रममा संचालक समिति, लेखा समितिका साथीहरु अनिवार्य सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले अनुमानित बजेत तयार गर्दा बजेत बनाउने मुल्य, मान्यता र सीमा रहि बनाउन अनुरोध गर्दै बाह्य दस्तावेजको रुपमा रहने सामग्रीहरु नियमसंगत हुनु पर्ने बताउनुभयो । 
उहाँले समीक्षा भनेको समालोचना भएको बताउँदै सहकारीको गुणदोष छुट्याई गरिने विवेचना नै सहकारीको समीक्षा भएको बताउनुभयो । उहाँले सहकारीलाई राम्ररी नियालेर हेर्ने काम भनेको पल्र्स विश्लेषण भएको बताउनुभयो । देशमा आर्थिक मन्दिको जस्तो अवस्था र सहकारी प्रति जनताको विश्वास घटेको बेला ५३ लाख नाफा हुनु संचालन र कर्मचारीहरु कुशल व्यवस्थापनले भएको बताउँदै भाका नाघेको ऋणहरु घटाउनु सके नाफा अझै बढ्ने उहाँले बताउनुभयो । उहाँले शेयर पूँजि संस्थाको सम्पति भएकोले पल्सको नियमानुसार बढाउन सुझाब दिनुभयो । उहाँले सहकारीमा समृद्धि परिकल्पना गर्ने हो भने स्मार्ट सेवाको अवधारणा अवलम्बन गर्नुपर्ने बताउँदै समुदायमा आधारित सहकारीको संजीवनी बुटीका अवधारणा अनुसार काम गर्ने युवाहरु सहकारी प्रति आकर्षित हुने बताउनुभयो । उहाँले सदस्यता बृद्धि, शेयरपूँजि, निक्षेप संकलन, ऋण लगानी, सीपमूलक तालिम, किसानको लागि आवश्यक विउविजन र मलखाद, सहकारी खाद्य डिपो, उपभोक्ता भण्डार, मिनिमार्ट, लघुवित्त आदि विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले कार्य योजना बनाई अगाडि बढे सफलतामा टुङ्गिने बताउँदै विषम परिस्थितिमा पनि नाफा बढाउनु र खराब ऋण असुली गर्न सक्नु ठूलै सफलता हासिल भएको बताउनुभयो । उहाँले गृहणी महिलाले जसरी घर खर्च व्यवस्थापन गर्छ र त्यसलाई कस्सिएर खर्च कम गर्ने भएकोले लक्ष्मी भन्ने गरेको उदाहरण प्रस्तुत गर्दै अनुमानित योजना व्यवहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले जुनसुकै काम गर्दा त्यस विषयमा पोख्न हुनुपर्ने साथै सकारात्मक सोच र सबैको सहयोगले सफलता प्राप्त हुने बताउनुभयो । 
कार्यक्रममा प्रबन्धक दयाराम तजलेले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दे यस बर्ष सालाखाला रु.४६ करोड ३३ लाखको वासलात, सालाखाला रु.५३ लाख १५ हजारको नाफा हुनुका साथै सम्पति बृद्धि एकसय तेतीस प्रतिशतले बृद्धि भएको बताउनुभयो । उहाँले आ.ब. २०८१÷०८२ को लागि अनुमानित बजेत रु. ५० करोड ९५ लाखको प्रस्तुत गर्नु भयो ।   

...

All Comments.......


Please Login/Register To Comments