भक्तपुर । विश्व नै कोरोना महामारीको चपेटमा रहँदा आफ्नो क्षेत्रको भने शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्वन्धी समस्या पहिचानमा सरोकारवालाहरु जुटेका छन् ।
चाँगुनारायण मानव अधिकार समूहको आयोजनामा भक्तपुर क्षेत्र नम्वर १ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा भएका काम र कमिकमजोरीहरु पहिचान गर्दै आगामी दिनमा यसको सुनिस्चितताका लागि सरोकारवालाको पहिचान कार्यमा उनीहरु जुटेका हुन् ।
हाम्रो क्षेत्रमा भएका विभिन्न समस्या तथा ती समस्या समाधानमा के कस्तो पहल गर्न सकिन्छ, महामारीका विचमा पनि हामीले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारबाट को बञ्चित छ र उसलाई यी अधिकार दिलाउन के गर्न सकिन्छ भन्ने सवालमा आफूहरुले काम गर्दै आएको मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार हामीले विभिन्न पहिचान भएका समस्या र ती समस्या समाधानमा कसरी सहजिकरण गर्न सकिन्छ भनी समस्या र समाधानका उपाय सहित नगरपालिका तथा प्रदेश केन्द्र सम्म सुझाउनका लागि कार्य योजना निर्माणमा जुटेको उहाँले बताउनुभयो ।
समस्या पहिचान गरि समाधानका उपाय पनि के हुन् सक्छन् त भन्ने विषयमा हामी विभिन्न सरोकारवाला तथा मानवअधिकार समूहका सदस्यहर विच छलफल गरि कार्य योजनामा जुटेको चाँगुनारायण मानव अधिकार समूहका संयोजक राजु मगरातीले जानकारी दिनुभयो ।
कार्य योजना निर्माण कार्यक्रममा विभिन्न समूह निर्माण गरि शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका विभिन्न समस्या पहिचान तथा ती समस्याको समाधानका लागि गर्न सकिने कामको विषयमा उक्त समूहका सदस्यहरुले प्रस्तुती गरेका थिए ।
कार्यक्रमको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा मानव अधिकार समूह चाँगुनारायण नगरपालिकाको संयोजनमा भएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments