मध्यपुर थिमिमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिता हुने
- Post Date 2024-09-01 14:13:32
मध्यपुर । नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिको आयोजना तथा भक्तपुर चेस क्लवको सह आयोजनामा असोज ५ गते हुने तेश्रो मध्यपुर नगर सम्मेलन प्रचारार्थ मध्यपुरको बाहाखा बजारमा अवस्थित एक्टिभ ई.सेकेण्डरी स्कूलमा यही भाद्र २१ र २२ गते प्रथम नेक्रायुसंघ मध्यपुर राष्ट्रब्यापी खुल्ला फिडे रायपिड् रेटिड्ड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल बुद्धिचाल संघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोग गर्ने भएको छ । प्रतियोगिता स्वीस लिग प्रणालीनुसार ९ चरणसम्म खेलाइने छ ।
प्रतियोगिता भब्य रुपमा सफल पार्न गंगाराम कोजुको संयोजकत्वमा आर्थिक समिति, रुकेश कर्माचार्यको नेतृत्वमा प्रचार प्रचार समिति र भक्तपुर चेस क्लवका अध्यक्ष तथा फिडे आर्विटर राजकुमार लघुको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठका अनुसार राष्ट्रब्यापी खुल्ला फिडे रायपिड् रेटिड्ड बुद्धिचाल प्रतियोगितामा नेपालका बर्तमान नेपाल च्याम्पियन र प्रायः सबै पुर्व नेपाल च्याम्पियनहरुको सहित भन्दा १२० जना र बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा लागि अनलाइनबाट पनि दर्ता गर्ने ब्यवस्था मिलाइएको छ ।
इसेवा आइडी ९८४१६२१०१० मा नाम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको लागि रु.५८,५००। बराबरको नगद पुरस्कार तथा आकर्षक मेडल ट्रफीको बन्दोबस्त गरिएको छ । प्राियोगितामा पहिलो हुनेले रु १५०००। दोश्रो हुनेले रु १००००। र तेश्रो हुनेलाई रु ६०००, नगद पुरस्कार राखिएको छ । प्रतियोगितामा दर्ता शुल्क प्रति खेलाडी रु.५००। राखिएको छ । प्रतियोगिताबारे सम्पर्कका लागि नेपाल बुद्धिचाल संघका निरञ्जन प्रजापति(९८५१२२८५४०) प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघु (९८४११३२८९०), आयोजक समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठ(९८६०८५९०३०) र भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष बद्री केदार दुवाल(९८५११२०९२८)लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।प्रतियोगिताका चार चरणका खेल भाद्र २१ गते विहान १०ः०० बजेदेखि र भाद्र २२ गते ५ चरणका खेलहरु हुने आयोजकले बनाएको छ । नेक्रायुसंघ मध्यपुरका अध्यक्ष सुरेन्द्र था श्रेष्ठका अनुसार विजेता खेलाडीहरुलाई भाद्र २२ गते शनिबार दिउँसो ३ः०० बजे पुरस्कृत गरिने छ ।
All Comments.......
Please Login/Register To Comments