भक्तपुर । ४४ नेपाल भाषा साहित्य सम्मेलन प्राचारार्थ सञ्चार समन्वय समिति गठन गरिएको छ । आइतबार बसेको बैठले विकुराम तजलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । 
समितिका सदस्यहरु सत्यराम कासिछ्वा, कृष्णराम किसी, सुरेशप्रसाद सैंजू, रेणु त्वानाबासु, सुरेशराज शाक्य र प्रेम प्रजापति रहेका छन् । सोही दिन बसेको बैठकले लक्ष्मीप्रसाद कुसीको संयोजकत्वमा प्राविधिक समन्वय समिति गठन गरेको छ । 
बैठक सम्मेलन तयारी समितिका संयोजक कृष्णभक्त लवजू, सचिव सञ्जय मानन्धर, भक्तपर नगरपालिका वडा नं ९ का अध्यक्ष रवीन्द्र खर्वुजा, वडा नं १० का अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखालगायतले मन्तव्य व्यक्त गरेका थिए । तःमुंज्या प्रचार प्रसार समिति अन्तर्गत रहेर प्रचारप्रसार गर्ने उद्देश्यका साथ समन्वय समिति गठन गरिएको हो । 

...

All Comments.......


Please Login/Register To Comments