काठमाडौं । बि.सं. २०४७ सालमा काठमाडौंका स्थानीय युवाहरुले गठन गरेको साँगितिक समुह “द स्ट्रेन्जर्स” ले लामो समयपछि आफ्नो नयाँ श्रृजना आफ्नो श्रोता दर्शक माझ प्रस्तुत गर्ने भएका छन् । यस वर्षको इन्द्रजात्रा पर्वको अवसरमा “द स्ट्रेन्जर्स” ले नेपाल भाषाको गित प्रस्तुत गर्न लागेको हो । इन्द्रजात्राको दिन नै सार्वजनिक गर्ने योजनामा रहेको उक्त गितको प्रोमो केही दिन मात्र अगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो भने एकै दिनमा ४५०० जनाले हेरिसकेको छ । इन्द्रजात्रामा मनाइने साँस्कृतिक परम्परा र सोही अवसरमा युवायुवती विचको गाँसिएको मायापिरतीमा केन्द्रित रहेको उक्त गितको रचना रुमन जोशी र “द स्ट्रेन्जर्स” ले संयुक्त रुपमा तयार पारेका हुन् भने गीतको संगित संयोजन “द स्ट्रेन्जर्स” तथा उत्सव शाक्यको रहेको छ । 
“द स्ट्रेन्जर्स” साँगितिक समुहको “तर्कि तर्कि नहिंड कान्छी...”, “उषाको लाली...” “, “मायाले मार्यो...”, “चिसो चिसो...”, “रामकुमारी...” लगायतका थुप्रै चर्चित गितहरु रहेका छन् भने 3 वटा साँगितिक एल्बम रहेको निकालेको छ । 

...

All Comments.......


Please Login/Register To Comments