काठमाडौ । तामाङ भाषामा आधारित चलचित्र” टु “( पसिना ) का कलाकार  बिगेन्द्र वाईबा उत्कृष्ट अभिनेतामा छनाेट हुनु भएको छ। तामाङ चलचित्र संघका जुरिहरुले छनाेट गरि कलाकार वाइबालाई उत्कृष्ट अभिनेता  टिएफआर अवार्ड प्रदान गरेको हो । कलाकार वाइबाले चलचित्रमा परिवारकाे अबिभाबककाे भूमिका निर्वाह गर्नु भएको छ। साे चलचित्र २ घण्टा लामाे रहेको छ।

नेपाल चलचित्र बिकास बोर्डको हल गोपिकृष्ण मार्ग चवहिलमा भएको उक्त कार्यक्रममा  प्रमुख अतिथी संघीय उप सभामुख – इन्दिरा राना मगर रहनु भएको थियो ।

गणेश हिमालकाे सेरोफेरोमा बसाेबास गर्ने तामाङ समुदायकाे संस्कृति , परम्परा र रितिरिवाजलाई चलचित्रको कथामा समावेश गरिएको छ। यस कथाले बागमती प्रदेशकाे धादिङ ,रसुवा र नुवाकोटका तामाङ समुदायहरु आफ्नो जिविकाेपार्जनका निम्ति कतिसम्म पसिना बगाउँछन भन्ने तथ्यलाई उजागर गर्ने प्रमाण भएको कलाकार वाइबाले बताउँनु हुन्छ।

उहाँले तामाङ भाषामा आधारित चलचित्रमा उत्कृष्ट अभिनेतामा छनाेट हुन पाउँँदा खुशि व्यक्त गर्नु भएको छ। सम्पुर्ण टिमकाे मेहनतले चलचित्र राम्रो भएकोमा सबै कलाकारहरुलाई धन्यवाद दिदै यस सम्मानले आगामी दिनमा काम गर्न थप उत्साह भएको उहाँको भनाइ थियो ।

...

All Comments.......


Please Login/Register To Comments