तपाईँको जनप्रिय पत्रिकामार्फत वाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।
वाग्मती प्रदेशका १३ जिल्लाका जनताको स्वास्थ्य सेवा पु¥याउने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुगेकोमा सर्वप्रथम बधाई दिन चाहन्छु । तपाईँले सम्हालेको मन्त्रालयको जिम्मेवारी जनतालाई स्वास्थ्य सेवा पु¥याउन सहजीकरण मात्र गर्ने होइन निरोगी हुन अपनाउनुपर्ने उपायको खोजी गरी जनतालाई स्वस्थ बनाउने पनि हो ।
तपाईँको निवास नजिकै तपाईँकै लगानी रहेको कृपाश्री आसपाल कारखानाले मलगायत स्थानीय जनतामा पारेको असरबारे यहाँ जानकार नै हुनुहुन्छ । स्थानीय जनतामा परेको वातावरणीय प्रभाव र स्वास्थ्य समस्याबारे हामीले विभिन्न निकायमा अनुरोध गर्दा हालसम्म कुनै सुनुवाइ भएको छैन । स्वास्थ्य मन्त्रीजस्तो गरिमामय पदमा पुगेका तपाईँजस्तो उद्योगपतिले जनतालाई पीडा दिनु जायज होइन ।
सदाझैँ आज बिहानैदेखि आकासै ढाक्ने गरी धुवाँको मुस्लो निस्क्यो । दमको रोगी मेरो बुबालाई घरभित्रै पनि स्वास फेर्न अत्यन्त गा¥हो भयो । यसर्थ, जनताको पीडा सरकारसम्म पुगोस् भनी यो पाठक पत्र लेखेको छु ।
वातावरणलाई असर गर्ने कारखाना राख्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु जरुरी छ । यहाँको प्रभाव र दबाबमा साबिक सिपाडोलबाट कारखाना राख्न सिफारिस पाउनुभयो । तर, प्रभावित स्थानीय जनताको मन्जुरी किन लिनुभएन ? तपाईँको कारखाना नजिक रहेको खोलापारिका मानव बस्तीमा पनि धुवाँ र धुलोको असर छ । त्यहाँका स्थानीय जनता यसको विरोधमा छन् ।
वातावरणमा नकारात्मक प्रभाव पार्ने कारखाना मानव बस्तीको बिचमा राख्नु उपयुक्त होइन । नाफाका लागि सञ्चालन गरेको कारखानाको तपाईँजस्ता मालिकले स्थानीय जनताको दुःख कहिले बुझ्ने ? तपाईँकै कारण स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर परेको छ । हाम्रा रोगी बाआमाहरू बाँच्नु न मर्नुको अवस्थामा पुगेका छन् । आसपालको धुवाँ धुलोको कारण स्थानीय जनतामा क्यान्सर रोगी हुने सम्भावना बढ्दो छ ।
तपाईँको कारखानामा जान बनाइएको बाटोले चखु खोला मिच्दा विगतदेखि नै बाढीले दुःख दिँदै आएको छ । गत साउनमा आएको बाढीले त्यस क्षेत्रमा बितन्डा मच्चायो । तपाईँको आसपाल कारखानाको गाडी सफा गरी ढलान र आसपालको कण खोलामै फाल्दा खोलाको सतह माथि उठेको छ । स्थानीय जनताले विरोध गरेपछि एक दुईपटक खोला सफा गरेको जस्तो गरे पनि अहिले खोला दैनिकरूपमा पुरिँदै छ । खोलाको सतह माथि आउँदा बाढीले किसानहरूको बालीमा धेरै क्षति भयो । यसको क्षतिपूर्ति तपाईँको कारखानाले दिन्छ कि दिँदैन ? स्वास्थ्य मन्त्रीको कारखानाले पु¥याएको क्षति माग्न हामी हेटाँैडा जाने कि सिंहदरबार ? मन्त्रीजीले नै बताइदिनुहोस् ।
श्यामबहादुर ग्वाछा
बाचामारी, भक्तपुर
(मजदुरबाट)  

...

All Comments.......


Please Login/Register To Comments