अपाङ्गता भएका ब्यक्तिलाई अधिकारबाट बञ्चित नगराउन सरोकारवालाको संकल्प
- Post Date 2024-09-03 09:02:14
खड्क सुनार
मुगु
हिमाली जिल्ला मुगुका अपाङ्गता भएका ब्यक्तिलाई अधिकार बाट बञ्चित नगराउन सरोकारवालाको संकल्प रहेको छ ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा सञ्चालन भएको अपाङ्गता रोकथाम न्युनिकरण र पुनस्थापना सम्बधि दुई दिने तालिम यस्तो बताईएको हो । राज्य बाट प्रदान गरिने सेवा सुविधाहरु छुट प्रदान भएको स्मरण गराउदै आगामि दिनहरुमा पनि प्रदान भएका अधिकारहरु लाई हस्तक्षेप नगरिने संकल्प गरिएको जनाईएको छ ।
यु .एम .एन मुगु र करानी समुयादिक विकास केन्द्र मुगको सयुक्त साझेदारीमा सञ्चालित मुगु एकिकृत परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरि अपांगता भएका ब्यक्तिलाई अधिकार बाछ बञ्चित नगराउने र बरु उनीहरुको अधिकारका निम्ति कटिबद्ध भएर लाग्ने बताएका छन् ।
पछिल्लो समय दुर्गम क्षेत्रका अपाङ्गता भएका ब्यक्तिहरुले राज्य बाट प्रदान गरिने सेवा , सुविधा , हक अधिकार सोचे अनुरुप प्राप्त नभएका उनीहरु बताउन्छन् । उनीहरुको गुनासो , पिडा लाई सम्बोधन गर्न यो तालिमले पनि ठुलो टेवा पुग्ने यू.एम.एन मुगुका परियोजना अधिकृत तुला राम धमलाले बताए ।
उनका अनुसार यो तालिमले पक्कै पनि यहाँका अपांगता भएका ब्यक्तिहरुको हक हितका लागि भएको बताए । अपाङगता भएका व्यक्तिहरुको हक, हित र अधिकार को सुनिश्चिता गर्न स्थानीय सरकार पनि अगाडि बढेको छ ।
उनीहरुको हक अधिकारको लागि सवैको कर्तव्य रहेकोले अपाङगता मैत्री संरचना निर्माण गर्नुको साथै अपाङगता रोकथाम न्यूनिकरण तथा पूनस्थापनको लागि स्थानिय सरकार, संघ संस्था र सरोकारवाला हरुको पनि भूमिका रहने मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास चन्द्र रावलले बताए ।
छलफलको क्रममा महिला बालबालिका तथा जेष्ठ नगारिक शाखा प्रमुख सविना मल्लले अपाङगता भएका व्यक्तिहरुको हितको लागि जनाचेतना मूलक , सिप मुलक , तथा आर्यआर्जन जिविकोपार्जन जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा उनीहरुको जीवनमा नया आयाम थपिने महिला शाखा प्रमुख मल्लको भनाई छ । तालिममा जनप्रतिनिधि , स्वास्थ्य चौकिका ईन्चार्ज , शिक्षक , लगायत २५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण यु.एम.एन का परियोजना अधिकृत धमलाले गर्नु भएको थियो ।
All Comments.......
Please Login/Register To Comments