सिद्धार्थ सहकारीद्धारा बुवाहरुलाई सगुन
- Post Date 2024-09-03 11:31:36
सागर गुरागार्इं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा करीब ५० जना पुरुष जेष्ठ शेयर सदस्यहरुलाई सगुन सहित पोषण वितरण गरियो ।
कुशेऔंसी अर्थात बुबाको मुखहेर्ने दिनमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सिद्धार्थ सहकारीले जेष्ठ शेयर सदस्यहरुलाई सगुन सहित पोषण वितरण गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले सिद्धार्थ साकोसले सामाजिक जनउत्तरदायित्व अन्तर्गतका कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै वडा नं ४ मा सञ्चालित २४ वटा सहकारी मध्ये सिद्धार्थ साकोसले पनि सबै शेयर सदस्यहरु लक्षित कार्यक्रम गरिरहेकामा धन्यवाद दिनुभयो । सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखा प्रमुख अभयन्द्र रंजित, सहकारीविद् कैलाशभक्त प्रधाना»्ग लगायतका अतिथि वक्ताहरुले बुबाको मुख हेर्ने दिन जेष्ठ पुरुष सदस्यहरुलाई सगुन र पोषण सहित सम्मान गरेकोमा उक्त कार्यको प्रशंसा गर्दै शुभकामना दिनुभयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठले जेष्ठ नागरिक हाम्रा पथप्रदर्थक, मार्गनिर्देशक भएकोले वहाँहरुको सम्मानमा गतवर्ष देखि नै सिद्धार्थ साकोसले सगुन एवं पोषण वितरण कार्य गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकासदेखि सामाजिक जनउत्तरदायित्वका कार्यलाई पनि निरन्तरता दिइरहेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले संस्थाका नियमित बचतकर्ता शेयर सदस्यहरुलाई वार्षिक २ लाख रुपैंया सम्मको दुर्घटना बिमा गरिएको जानकारकी दिदैं हाल संस्थामा करीब ४४ प्रतिशत तरलता रहेको र न्युन ब्याजदरमा ऋण प्रवाहको व्यवस्था मिलाएको समेत बताउनु भयो । संस्थाकी अधिकृत मीनु श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सिद्धार्थ भवनमा भएको उक्त सगुन एवं पोषण वितरण कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधाना»्गलाई पनि सगुन सहित उपहार प्रदान गरिएको थियो ।
All Comments.......
Please Login/Register To Comments