सिद्धि स्मृति अस्पताल तनावग्रस्त ः फेरि लापरबाहीको आरोप
- Post Date 2024-09-04 12:36:58
भक्तपुर । भक्तपुरको सिद्धि स्मृति बाल अस्पतालमा तनावग्रस्त भएको छ । आदर्श भीमसेनथानस्थित अस्पतालमा उपचारका लागि लगेकी शिशुको मृत्यु भएपछि तनावग्रस्त बनेको हो ।
अस्पतालमा काभ्रेको चौरिदेउराली ७ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा न ४ बस्ने विष्णु भुजेल र सर्मिला भुजेलका ९ महिनाको छोरीको उपचारका क्रममा निधन भएको थियो ।
बताइए अनुसार शनिबारदेखि वाकवाकी र पखाला कारणले नौ महिने छोरी सान्भी भुजेललाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालले शिशुलाई भर्ना गरी उपचार गरेको भए पनि शिशुको मृत्यु भएको थियो । त्यसपछि अस्पताल परिसर तनावग्रस्त बनेको हो ।
मृतक शिशुका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएको छ । मृतक शिशुका आफ्न्तजनहरुले अस्पतालको प्रशासन शाखामा घेराउ गरेका छन् । तनावग्रस्त बनेपछि प्रहरी त्यहाँं पुगेको छ ।
All Comments.......
Please Login/Register To Comments