भक्तपुर । सुनकोशी नदीमा बेपता भएका भक्तपुरका तीन जना युवाहरु अहिलेसम्म पनि भेटिएको छैन । चार जना सवार रहेको कार सुनकोशीमा १५ दिनअघि खसेको थियो । भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती भने उबेलै पौडेर बच्न सफल भएका थिए । 
सुनकोसी नदीमा वेपत्ता हुनेहरु भक्तपुर सूर्यविनायक नगरपालिका जगतीका अविन बके, सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा अझै बेपता रहेका हुन् ।
पीडितमध्येका एक रामसुन्दर वकेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, छोरा तिमी कहाँ छौ ? तिमी फर्केर आउने आसामा छौ । तिम्रो छोरीले मेरो बाबा खोई भन्छिन् । हामीले के जवाब दिने ? त्यसैले धरती चिरेर भए पनि फर्कन पर्छ छोरा ।
मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । गोलन्जोर गाउपालिका १ कुडुलेबाट सुनकोसी नदीमा एक निजी जीप हाइलेक्स खस्दा उनीहरु बेपता भएका थिए ।
खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ –०२३ च ६३६६ नम्बरको  इसुजु  हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा भदौ ८ गते शनिबार साझ खस्दा तीन यात्रु बेपत्ता भएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments