भक्तपुर । भक्तपुरको च्याम्हासिंह नजिकै शनिबार राति दुर्घटना भएको छ । च्याम्हासिंबाट जगातीतिर आउने धारा नजिकै दुर्घटना भएको हो । धाराको केही तल महेश्वरी जाने गल्ली बाटो नजिककैको मुख्य सडकमा दुर्घटना भएको हो । 
मोटरसाइकल मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । स्थानीयका अनुसार विपरित दिशाबाट आएका तीव्र गतिमा आइरहेका दुईवटा मोटरसाइकल ठक्कर खाएका हुन् ।
दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । दुर्व मोटरसाइकलमा एकएकजना रहेको र दुवैजना घाइते भएको जनाइएको छ । दुवैको उपचारका लागि नजिकैको ख्वप अस्पताल पुरयाइएको छ । समाचार तयार पारुन्जेल प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्तृत विवरण आउन बाँंकी नै छ । 

...

All Comments.......


Please Login/Register To Comments