भक्तपुर, २्९ भाद्र । चवालीसौं नेपाल भाषा साहित्य तःमुज्याको आयोजनामा नृत्यकर्मी कलाकारहरुको भेला एक समारोहबीच ल्हाँम्हुगः ग्वसाखलको हलमा शनिबार सम्पन्न भयो ।

भेलामा अध्यक्ष कृष्ण भक्त लवजूले भक्तपुर सफा नगर हुनुमा तःमुज्याको योगदान समेत रहेको बताउँदै शिक्षा उत्थान र स्वास्थ्यमा समेत सुधार आएको बताउनुभयो । उहाँले पहिला मजदुर किसान र तल्लो वर्गले साहित्य वाचन र साँस्कृतिक प्रस्तुतको अवसर नभएकोले तःमुज्याको आवश्यक बोध भई अगाडि बढाउनुभयो । उहाँले तःमुज्या देश विदेशबाट अलोकन हुने भएकोले प्रस्तुतीहरु स्तरिय बनाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले तःमुज्या अन्तर्राष्ट्रियवादी भएकोले यसपालीको स्वागत गान प्यालेष्टान बारे आवाज उठाएको बताउनुभयो ।

कार्यक्रममा साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले यसपालिको तःमुज्याको आवाज स्वागतगानमा नृत्य र अरु गीतहरुमा समेत नृत्य प्रस्तुती अवसर भएकोले कलाकारहरुको छनौट गर्ने बताउनुभयो । कार्यक्रममा कलाकारहरुले नृत्य स्तरिय बनाउन विभिन्न सुझाबहरु दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments