भक्तपुर । स्वतन्त्र देशभक्त नागरिक स–चेतना अभियानका अभीयन्ताहरुले आज भक्तपुरस्थित सूर्यमढीमा एक स–चेतना कार्यक्रमको आयोजना गरे । सचेतना कार्यक्रममा स्वतन्त्र देशभक्त नागरिक स–चेतना अभियानका अभियन्ता राजन कार्कीले देश विषम परिस्थितिवाट गुज्रिरहेकाले अव देशभक्त नागरिक एक भई नागरिक विद्रोह गरी देश जोगाउँन ढिला गर्न नहुने र वर्तमान आयातित ब्यबस्था पूर्णतया असफल भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा वहाँले ४६ साल पछिको कथित मानव अधिकार र प्रजातान्त्रिक भन्ने ब्यबस्था नै नेपाली नागरिकहरुको लागि अभिसप्त रहेकाले यो ब्यबस्थाको अन्त नै नेपाल र नेपाली जोगाउँने आन्तिम शस्त्र रहेको दलिल गर्नुभयो ।
हाम्रो राजनैतिक प्रणाली दरवारवाट खोसेर भारत÷भारतवाट अमेरिका पठाउँने यिनै कथित पार्टीहरु रहेकाले यी गान्धिमाक्स सिदान्तलाई नागरिकले अब बोलबोल माछा मुखभरि पानी भएर नवसी खुलेर विरोध गरी यो ब्यवस्थाको समुल अन्तको लागि सडकमा उत्रन नागरिकहरुलाई आब्हान समेत गर्नुभयो । वहाले कति सहेर वस्ने हामीलाई पुर्खाहरुले जिम्मा लगाएको यस्तो मौलिक देश हामीले हाम्रा सन्तानहरुलाई जिम्मा लगाउँन पर्छ कि पर्दैन ? प्रश्न समेत गर्नुभयो– अब विद्रोहमा आउँनुस भनी अपिल समेत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अभियन्ता स्वतन्त्र राष्ट्रवादी नेता निलनारायण कोजुले राजसंस्थालाई छलछाम र षड्यन्त्र गरी फालेकाले अब हामीले रासंस्थामाथि भएको अन्यायलाई न्याय गर्न राजसंस्था पुनर्स्थापना गर्नुपर्ने नभए– यो विदेशीको मतियार सरकारले देश वेचेर हामीलाई विदेशीको गुलाम वनाउँने हुदाँ नागरिकहरुले अब एकपल्ट गंभीर भएर सोच्नुपर्ने र नसोचे हाम्रो पहिचान सकिने प्रस्ट भएको कुरा समेत वताउँनु्भयो ।
कार्यक्रममा कोजुले अवका दिन नेपालीहरुको लागि झन कठिन हुने तथा देशको अस्तित्व समाप्त हुने भएकाले अब हिन्दुराज्य सनातनि ब्यबस्था सहित४७ सालको संविधानमा रहेर अविभावकको रुपमा साँस्कृतिक राजा नभए मुलुक नवच्ने कुरा समेत दोहोर्याउँनु भयो । स्वतन्त्र देशभक्त नागरिक स–चेतना नागरिक अभियानले विगत लामो समय देखि भक्तपुरमा नागरिक सचेतना कार्यक्रम गर्दै आईरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments