कुमार लघु, ख्वप
एकाविहानै खाना समय भयो । खाना खाई सक्याएर पसलमा आउँछु पसल वरपर मानिसको ओइरो । म त छक्क परे । के भयो ? के भयो भन्न थाले । वर्तमानमा घटेको कथाको सुरूवाट नाकै मुनिवाट कथा सुरू भयो । 
केही होइन, एकाविहानै सुन पसल खुलेर बसिरहेको थियो । म र उ साथी भएकोले वारम्वार म ऐना हेर्न र कुराकानी गर्न गइरहन्थे उसकहाँं । आज अचानक पसलमा त हुलका हुल मानिसहरू आउन थाल्यो । पसललाई सबैले घाँटी तानी हेर्न थाले । म पनि कुरा वुझन लागे । कुरा बुझ्दै जादा दुई केटीहरू आफ्ना टिलहरी लिएर पसलमा पसेको रहेछ । 
घट्ना र फेसबुक भनेको हेरिराख्नु पर्दाे रहेछ । फेस बुक हेर्नू भनेको पनि पढ्नु हो । चाहिने कुरा गफ सम्वाद, कथा, गीत, गजल, निबन्ध, सस्मरण, टुक्का कविता हेरिरहनु पर्छ । त्यसलाई आफूले हेरेर सुनेर गाएर आफ्नै शैलीमा निर्माणमा लाग्न जान्नुपर्छ । अनि आफ्ना कथा मज्जाले लेख्न पढ्न, जागर चलाउन उत्साहित हुन्छ । फेसबुकमा आएको रचना, समाचार, कथा, गीत, सम्वाद, कविता, आदिमा समय दिएर सकारात्मक वाटोमा लाग्ने गर्नुपर्छ । अनि विभिन्न अवसरले आफूलाई ठिक ठाउँमा राख्छ, जोगिन्छ । मेरा मित्र पमन भन्ने सुन पसलका पारखी हुनुहँुदो रहेछ ।  मात्र उसले सुन पसल राखेको एक वर्ष पूरा भएर ७ दिन लागेछ । 
त्यो मित्र पसले सुन पसलहरूलाई सचेत गर्न हिजै मात्र वेलुका उसका सालो, भिनाजुले आफ्नो पसलवाट तौल नपुगेको तिलरी राखेर पैसा २६,००० लगेको रहेछ भनी भिडियो पठाएको हेरेर पसल खोलेर बसेको रहेछ । सप्तरी घर भएकी दुई अधैवसे महिलाहरू तुपुलुक सुन पसलमा आई पुगेछ । हाजिर लिया जस्तै एकाविहानै हिजो वेलुका पठाएको भिडियोको कलाकारहरू पसलमा ठ्याकै आइपुगेछ । कुरो थियो तिलरीमा १० लाल सुनको तौल तर त्यो सुनको बिलमा ३० लाल र साल, महिना र गते हिजो पठाएको विलमा र उसलाई तिलरी राखेर बन्धकी राख्न मागेको बिलको गते सेम परेको उसले भेटायो । अब उसले हेर्नुस् खोई त्यो बिल र तिलरी ल्याउनुस् मैले बैङ्कवाट पैसा ल्याउने गरेर दिने गरेको छु भनेर अर्कै पसलमा गएर हिजो वेलुका भिडियो पठाएको सालो र भिनाजुलाई फोनले बोलाएको रहेछ । 
तुरून्त फोन गरी सरसल्लाह गरी उसको मान्छेहरू पसलमा आइपुगे । चर्काचर्की ठगहरूलाई बुझ्न थाले । अरू मान्छेहरु पनि भकाभक जम्मा हुन थाले ।  सबैले के भयो ? सोध्न थाले । हुदाहुदै काठमाण्डौ पाटनवाट मानिसहरू ओर्लिन थाले । एक कान दुई कान हुदै अब सतहमा भक्काभक्क घट्नाले पानीको छाल झै तहलिन थाले । कसैले भिडियो लिन थाले । पुलिसले दुई महिलाहरूलाई चौकीमा लग्यो । ती ठगहरूले बिस्तारै काठमाण्डूमा, पाटनमा ठगेर भक्तपुर लागेको थाहा लाग्यो । 
सुन पसलेले सोचेको के रहेछ भने म ज‍ोगिए । अब अरूलाई नठगियुन भने सोचले ती दुई बहिनीहरूलाई जालमा पारेको सुन्नमा आयो । चौकीवाट तुरून्त एस पि कार्यालयमा लगे ।
हो भाइबहिनीहरू कुनै पनि अपरिचित मानिसले दिएको सुन, गहणा पैसा धित्तो राख्न लिन मिल्दैन् । त्यसैले फेसबुक हेरेर पनि घट्नावाट जोगिने अवसरहरू लिने मौका आउँछ । 
जुन सुन पसलेले घट्ना थाहा पाए आज म पनि कम भएको तिलरीवाट ज‍‍ोगिए भनेर भनेको थाहा लाग्य‍ो । ठगहरूलाई धमाधम पक्राऊ गरेको कुरा सुन्नमा आएको पाइन्छ । ती ठगहरू नाम परिवर्तनमा रमिता र समिता विश्र्वकर्मा हुन् । पुलिसले अनुसन्धानको टोलीले थुप्रै समातेको छ ।
भाइबहिनीहरू, पासापु र मित्रहरू नक्कली काम कुरो भनेको गर्नुहुन्न । यसरी फन्दामा पर्छ ।  कथाहरू यसकारणले पढ्नु पर्छ । समस्याहरू र नक्कली कामले यसरी जोगिन्छ । त्यसैले फेसबुक हेर्ने र कथाका कितावहरू पढ्नाले यसरी समस्याहरूले तपाईं हामीहरू जोगिने मौका पाइन्छ । लौ त भाइबहिनी दाजु, भाइहरू आजकल आधुनिक युगमा ठगहरूवाट वच्नुहोस् । यही कामनाका साथ आजलाई विदा हुन्छु ।  धन्यवाद 
२०८१÷०५÷३० गते
...

All Comments.......


Please Login/Register To Comments