साकुरा बहुउद्देश्यीय सहकारीको नवौं साधारणसभा सम्पन्न
- Post Date 2024-09-21 09:48:19
भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सूर्यविनायकस्थित संस्थाको कार्यालयमा संस्थाका अध्यक्ष राजेन्द्र कुमार मिश्रले पानसमा दियो बाली सभाको उद्घाटन गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड २१ लाख ८२ हजार ६ सय ९९ रुपैयाँ ४२ पैसा आम्दानी गरी एक करोड ९२ लाख ५६ हजार ३४ रुपैयाँ ३ पैसा खर्च गरी २९ लाख २६ हजार ६ सय ६५ रुपैयाँ ३९ पैसा मुनाफा गरेको छ ।
संस्थाका अध्यक्ष मिश्रले दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पु¥याउने सहकारीलाई हरेक सदस्यले अभिप्रेरित गर्नुपर्नेमा जोड दिए । उनले केही समस्याग्रस्त सहकारीको कारण सहकारी प्रति आम मानिसको बदलिँदो दृष्टिकोणको बाबजुद पनि आफ्नो सहकारीले सदस्यहरुलाई सेवा दिँदै आएको जानकारी दिँदै त्यस्तो कुनै पनि समस्या यस संस्थामा नरहेकाले निसंकोच कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे ।
संस्थाका सचिव नानीबाबु थापाले संस्थाले सहकारी मुख्य मान्यता भित्रको विधि, प्रविधि र सिकाईलाई सदस्य र संस्थाको हितमा अधिकत्तम प्रयोग गर्न दैनिक व्यवस्थापनलाई आवश्यक नीति नियम तर्जुमा गरी समयानुकुल लागु गर्न कार्यान्वयन पक्षमा जोड दिदै आएको बताए ।
उनले शेयर सदस्य वृद्धि गर्दै जाने, संस्थाका कर्मचारीको क्षमता, दक्षता एवं वृद्धि विकासका लागि विभिन्न तालिम संचालन गर्ने, सहकारी अवलोकन भ्रमण गर्ने, संस्थाको सदस्यहरुको व्यक्तिगत विवरण केवाईएम फारम संकलन अद्यावधिक गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने, कृषि व्यवसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, कर्जा असुली कार्यलाई प्रभावकारी बनाई सुरक्षित ऋणमा प्रवाह गर्ने लगायतका कार्यहरु आर्थिक वर्ष २०८१÷०८२ मा गर्ने भावी योजना रहेको जानकारी दिए ।
कोषाध्यक्ष महालक्ष्मी खड्काले संस्थामा आर्थिक वर्ष २०७९÷०८० मा एक करोड ७३ लाख ११ हजार ८ सय रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ शेयर पूँजी १ करोड ६६ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको जानकारी दिइन् भने निक्षेपमा आर्थिक वर्ष २०८०÷०८१ मा ११ करोड १९ लाख २८ हजार ७ सय ४१ रुपैयाँ ४७ पैसा र ऋण लगानीमा ११ करोड ९४ लाख ७४ हजार एक सय ४१ रुपैयाँ ५३ पैसा भएको जानकारी दिइन् ।
त्यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाको तरलता रकम एक करोड ६७ लाख ९६ हजार ५५ रुपैयाँ ४९ पैसा, संस्थाको जगेडा कोष ४५ लाख २२ हजार ३०५ रुपैयाँ ०६ पैसा तथा अन्य कोष २४ लाख ५३ हजार ८ सय ७५ रुपैँया ६६ पैसा रहेको उनले बताइन् । उनले संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ९४ हजार एक सय ७८ रुपैँया ८० पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दिइन् ।
लेखा सुपरिवेक्षण समितिका संयोजक माधव थापाले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि र ऋण लगानीमा अनुगमन र सुपरिवेक्षलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । उनले संस्थाको आर्थिक तथा प्रशासनिक व्यवस्था सुदृढ गर्नका लागि छुट्टै नियमावलीको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
संस्थाका प्रबन्ध निर्देशक निरञ्जन राउतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताए ।
संस्थामा ९४५ महिला तथा एक हजार एक सय ५ पुरुष गरी कूल २ हजार ५२ जना सदस्य रहेका छन् ।
All Comments.......
Please Login/Register To Comments
The latest
2024-10-23 14:07:03
भक्तपुर क्याम्पसमा नगरपालिकाले दादागिरी देखाएकै हो ? Read More
2024-10-23 10:44:50
सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार ठेक्कामा गर्न नहुने Read More
2024-10-23 06:44:25
पोर्दुगलबासी नेपालीको पीडा ः हामी डटेर लडदै छौं Read More
2024-10-23 05:50:21
सावित्री स्मृति ग्रन्थभित्र रुमलिँदा Read More
2024-10-23 01:54:12
कला संस्कृति व संस्कार Read More
Most read
Read 46980 times
१२ घण्टाकी नानीलाई छोडेर विदा भइन् सृजना Read More
Read 17231 times
ख्वप अस्पताल प्रकरण ः कमेन्ट गर्नुअघि तथ्य बुझ्ने कि ? Read More
Read 14495 times
भक्तपुरको २२ वर्षिय युवालाई कोरोना पुष्टि Read More
Read 13058 times
भक्तपुरको मध्यपुर थिमिमा एमालेले हारेपछि महेश वस्नेतले भने, हारको कारक मदनसुन्दर Read More
Read 12728 times
रहेनन् भक्तपुरका चर्चित व्यवसायी शिवभक्त सुकुपायो Read More