लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल बाग्मती एरियाद्धारा नेपालमै पहिलो पटक एउटै छातामुनि बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम चप्पल काराखाना (धुम्वाराही) को शंखपार्कमा आज शनिवार सम्पन्न भएको छ । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आई बागमती एरियाको ४२ वटा क्लबहरुको समन्वयमा मेघा हेल्थ चेक अफ र ब्लड डोनेसन कार्यक्रम भएको हो । यो कार्यक्रमको आयोजक एल् सी के टेम्पल गणेश रहेको थियो । पैशाको अभावमा कसैको पनि ज्यान नजाओस स्वास्थ्य उपचारमा वञ्चित नहोस भन्ने हेतुले यो कार्यक्रम गरिएको कुरा एल् सी के टेम्पल गणेशका अध्यक्ष सुमना खरेल शर्माले बताउनु भयो । कार्यक्रममा डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गर्भनर लायन विनोद ढुङ्गाना, एल् सी के बालकुमारी सांग्लाका सल्लाकार तथा वरिष्ठ पत्रकार लायन राजन थापा, हस्य कलाकार गोपाल ढकाल (छन्द्रे) ॐ समाज डेन्टलका डा. सुवास घिमिरे लगायतको उपस्थिति रहेको थियो । वृहत स्वास्थय शिविर तथा रक्तदान कार्यक्रममा ६ वटा संस्थाहरुः ग्राण्ड इन्टरनेशनल अस्पताल, ॐ समाज डेन्टल अस्पताल, शिवपुरी फार्मेसी, इशान अस्पताल, किर्तीपुर आँखा अस्पताल, स्तुपा अस्पतालले क्रमश ब्लड डोनेसन, दन्त उपचार सेवा , ब्लड प्रेसर र सुगर जाँच, इएनटी सेवा, आँखा जाँच, तथा नशा सम्वन्धि उपचारको सेवा दिइएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा ब्लड सुगर ४३६, दातको सेवा ६३५, आँखा जाँच ७२१, नसा ५२० महिला स्वास्थ्य जाँच ८६२, बच्चाको जाँच ४२२, नाक, कान, घाटी ९०५, अर्थोपेटीकको ८०४ जनाको स्वास्थ्य परिक्षण गरियो ।
त्यस्तै गरेर १०८ जना मानिसलाई बचाउन पुग्ने गरी रगत सङकलन गरिएको थियो । सो स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा विशेष सहयोग पु¥याउने ६ वटा अस्पताललाई सम्मान पत्र दिइएको थियो । टपटेन खबरका सम्पादक पत्रकार नन्दलाल खरेल र नागरिकविकास डटकमका सञ्चालक दिनेस लामीछानेलाई समेत पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments