कुमार लघु, ख्वप हाे र ! यो वर्षकाे त दशै आउन लागि सक्याे ? ल ठिक छ दशैँ हरेक वर्ष आउँछ । हामी सबै नेपालीहरू मिलेर दशैँ चाँडको स्वागत गर्नुपर्छ । भाइ बहिनी दिदी दाइ हामी नेपालीले नै हाे दशैँ चाड पर्वलाई धुमधामका साथ मनाउनु पर्छ । नेपालीहरूको सवभन्दा ठूलो चाँड देशैँ हाे । दशैँमा हाम्रा दाजु भाइ दिदी बहिनीहरू र काका काकीहरू परदेशमा बसेकाहरू इष्टमित्र दशैँ चाँड मनाउँन आफ्नै देशमा विदा लिएर फर्किन्दै छ होला । अवश्य परिवारको सुख र जीवन जिउन दुई चार लाख कमाउन गएकाहरू आफ्नाे जन्मघर फर्किन्छ । छोरा छोरी,आमा बुबालाई लुगा फाटाे किनेर ल्याउने छ । हरेक वर्षमा परिवारसित संगै वसेर दुईचार छाक खाना खाने सबैकाे रहर हुन्छ । त्यो दिन दशैँ नजिक आएर मिलाेमताे हुन्दैछ । स साना नानी बाबुहरू मेरो बुबा दाइ विदेशमा गएर फर्किनु हुन्छ । अनि खसी बोका किनेर ल्याउनु हुन्छ भनेर साथी भाइ खेल्डा गफसफ गर्न गरेको वाल्यकालकाे अनुभव छ । हरेक नेवारको ढुकुतीमा हाँस,भाले कुखुरा भाेग दिने चलन छ । माेटर वस,माेटर साईकलमा विश्र्वकर्मालाई वर्ष भरि काम लिएको र आम्दानी भएकाहरूले दशैको नवमीमा भाेग दिन्छ । नेपाली भाषीले घर आँगनमा खसी,बोका च्याङग्रा काटेर सपरिवार बसेर मनाेञ्जन खाई पिई चाँडमा मज्जा लिने चलन छ । आजकल दशैँमा घरमा खाने पिउँने नगरी वर्षभरीकाे ध्यानमा राखी काहिरी फेरा घुम्न जाने चलन चलेको छ। २,४ दिन घर बाहिर नै वास वस्ने चलन ल्याई सकेका छन् । काेही त साना ठूल्ला होटेलमा गएर सन राईज हेर्ने र धार्मिक आस्था भएकाहरू र घुमन मन गरेकाहरू नयाँ नयाँ ठाउमा घुमेर रमाईलो वा मनको ढोको पूरा गर्ने चलनको विकास भै सक्याे । दशैँमा भगवतीलाई पूजा गर्ने , सरस्वतीलाई पूजा गर्ने , अष्टमातृका लाई पूजा गर्छन् । हाम्रो भक्तपुर जिल्ला हाे । भक्तपुरमा नेवार सुन्दर एउँटा नगर वस्ती हो। घटस्थापना देखि नवरात लाग्छ । हरेक दिन विहान र साँझमा वेलुका धार्मिक आस्थावानहरू मन्दिरमा देवताहरू काे दर्शनगरी मनाेआकाँक्षा पूरा गर्ने गर्दछन् । देवता दर्शन गर्न जादा बाजा सहित बाँसुरी धिमे ढलक त: ,मादल भूक्षाय,ख्वालिमाली,विणा हारविन धा खिँ बजाएर मनो रञ्जनका साथ भक्ति भावमा लाग्ने चलन छ। देवता दर्शन गर्न के बुढाबुढी वालवच्चा,युवा युवती हर्षाेउल्लासका साथ सहभागी हुन्छन् । दशैमा चंङ्गा उडाउने, पिङ्ग खेल्ने छुट्टै मज्जाको खेल छ। यति वेला युवा युवतीहरूको विचमा प्रेमको लहर पनि चलेको हुन्छ। मानव जीवनमा प्रेम आवश्यक कुरो हो । यो वर्षमा आश्विन १७ गते घटस्थापना परेकाे जानकारी गर्दछु। त्यस्तै आश्विन २४ गते फूलपाती ,२५ गते माहाअष्टमी ( कुछी भ्वय) , माहानवमीमा ढुकुटीकाे पूजा गर्नेछ। पूजा गर्न पूजा सामानहरू तयारपारी सपरिवार वसेर अक्षता धुपफूल फलफूलअविर गोजा,स्याऊ अन्य फलफूल र भाेग भाेक्षय दिएर परिवारलाई दु:खकष्ट नआउन सुखले साथ दिऊन भने मनोकाँक्षा राखेर घर आँगन र देशमा शान्तिले साथ दिऊन भने मनले सोचेर पूजा सम्पन गर्नेछ। ढुकुटीमा मेरो अनुभव र परम्पराले शिक्षित गरिराखे अनुसार घरकाे जेठाे बाजे र बुबाले ढुकुटीमा पूजा गरिन्छ। पूजा पछि भव्य तवरले सम्हेबजी खाने चलन छ । भोजमा चिउरा आलु भटमास,अदुवा,लसून,गेडागूडी, अण्डा समग्रमा सम्हेबजीको आईटम भनाै । सोङ कोकाय गरि पूजाको पूजागरी प्रसाद लिन्दा आशिर्वादलिई टुलबाला राटो,सेतोवाला टीका ग्रहण गर्दा अरू बेलामा भन्दा बेग्लै चम्क आउँदो रहेछ । भाइ बहिनीहरू मेरो वाल्यकालमा,पालोमा टोलमा राँगो ढाल्थो । त्यो राँगाकाे मासु भाग लगाई दिएर गूठीहारले सबै टोलवासी र आफ्न्त जनहरूले लग्ने परम्परा अध्याबधि कायमै छ । डमरूमा पिलिकाे भाग टालि सुकाई डमरू दशैँमा बजाउथे है । त्यति वेला मज्जा आउँथ्यो । लगूर वुर्जा खेलिन्थो । दशैँमा नयाँ जुत्ता मोज्जा लगाईन्थो। दशमीकाे अघिलो दिनमा नवदुर्गा भवानीकाे भव्य पूजा चल्थो । दशमीको दिन शुभ विहानै घरकाे मूली नाईके सित ढुकुटी र नवदुर्गा भवानीकाे टीका,प्रसादको साथै आशीर्वाद लिन सपरिवार एकै वेला भेला भई हर्षाेउलास लिएर ब्रम्हायणी देवताकाे दर्शन गर्न लाग्छाै । देश र जनता गरिव छ छोराछोरी आमा बुबाले र दाइ भाईहरूले आर्थिक स्थिती हेरी खर्च गर्ने गराै । खानपिनमा नचाहिने लागू पदार्थ नपिऊ । ठिक्क खाऊ ठिक लगाअाै सपरिवार दाजु भाइ बहिनी आमा बुबा र दिदी वसेर रमाईलो गर्ने गराै । आउने विजया दशमीकाे उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई मुरिमूरी हार्दिक शुभकामना दिन चहान्छु । गरिवकाे घरमा पनि नवदुर्गा भवानीले प्रवेश पाएर गरिवले जीवनभर दशैमा खानपिन र दशैँ मनाउन पआेस् । नेपाली जनताकाे नवदुर्गा भवानीले कल्याण गराेस् । २०८१/०६/०८
...

All Comments.......


Please Login/Register To Comments