भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को यही असोज १९ गते हुने २७ औं वार्षिकोत्सवको अवसरमा संस्थाका संस्थापक तथा पूर्व पदाधिकारीहरुको भेला मंगलबार सम्पन्न भयो । कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले संस्थाको प्रगतिमा संस्थापकहरुको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले संस्थाप्रति हालसम्म पनि निरन्तर सहयोग गरेकोमा कदर गर्दै संस्थाका पदाधिकारीहरुले व्यक्तिगत रुपमा कुनै आर्थिक प्रलोभनमा परी काम नगरेको र निःस्वार्थ रुपमा सेवा गरिरहेको बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्थापकहरुको राय सल्लाह अनुसार संस्था चलाउनुपर्नेमा जोड दिँदै संस्थापकहरुको योगदानलाई वर्तमान पदाधिकारीहरुले बुझनुपर्ने औंल्याउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सामुहिक सेवाभावले समुदायप्रति उन्मुख भएर संस्थाले सेवा दिइरहेको बताउँदै अहिलेको संस्था कुनै निर्णयमाभन्दा नीतिगत कार्यबाट अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले संस्थापकहरुलाई कदर गर्दै संस्थाले दिने सेवा आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकूद, स्वास्थ्य लगायतका विविध क्षेत्रमा हुँदै आएको बताउनुभयो ।
संस्थापक सदस्यहरु सत्यनारायण प्रजापति, रामभक्त लाखेमरु, पुरुषोत्तम प्रजापति, केदारमान ज्याख्वलगायतले राय प्रकट गरेको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले संस्थाको आर्थिक स्थितिबारे जानकारी दिनुभयो ।
संस्थापक सदस्यहरु ४० जनाले १ लाख २० हजार शेयर पूँजीबाट वि.सं. २०५४ कार्तिक १९ गते आधिकारिक रुपमा स्थापना भएको संस्थाले जानकारी दिएको छ । 

...

All Comments.......


Please Login/Register To Comments