‘स्मृतिपुष्पका पराग’ सार्वजनिक
- Post Date 2024-09-28 02:01:45
डा. इन्दुल केसीद्वारा सम्पादित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशत कृति ‘स्मृतिपुष्पका पराग’ लाई हिजो सार्वजनिक गरियो । प्रमुख अतिथि अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ र सम्पादक डा. इन्दुल केसीले उक्त पुस्तकलाई थैलीबाट झिकेर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा आयोजित समारोहमा पुस्तकका बारेमा हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो । डा. इन्दुल केसीकी अर्धाङ्गिनी सावित्री केसीको वार्षिक पुण्यतिथिको अवसर परेको हुनाले उहाँको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा अमर निवासका तर्फबाट हरिनाम सङ्गीर्तन पनि गाइएको थियो । ‘स्मृतिपुष्पका पराग’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशत २३८ औँ कृति हो ।
All Comments.......
Please Login/Register To Comments