भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले चाँंडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी कार्यालयले योजना सार्वजनिक गरेको हो । 

बाँंकी प्रहरीबाट प्राप्त योजना

चाडपर्व लक्षित सुरक्षा योजना २०८१  "

आसन्न डादशैँ, दिपावली र छठ पर्वको अवसरमा यस जिल्ला अन्तर्गतका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, ब्यापारिक स्थल, बैक तथा वित्तय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल ढ्दै गईरहेको सन्दर्भमा जनताले भयरहित वातावरणमा अपराध मुक्त चाडपर्व सुरक्षित तथा हर्षोल्लास तवरबाट मनाउनका साथै म्भावित चोरी, डकैती, लुटपाट, पाकेटमार अपहरण जस्ता विविध शान्ति सुरक्षासँग जोडिएका अपराधलाई नियन्त्रण गरि आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन २४ सै घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम, प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाईन्ट, पिकेट, रप्राईज चेकिङ्गको लागि यस परिसर तथा मातहत प्रहरी ईकाईहरुमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनको लागि निम्नानुसारको सुरक्षा योजना तयार गरिएको व्यहोरा सूचित गरिएको छ ।

निम्न:-

उद्देश्य

२०८१ सालको बडादशै, दिपावली तथा छठ पर्व लगायतका चाडपर्व अवधिभर कुनै पनि प्रकृतिका आपराधिक गतिविधि एवं अप्रिय घटनाहरु हुनगर्न नदिई जिल्लाको समग्र शान्ति सुरक्षालाई व्यवस्थित तथा भरपर्दो बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराई सौहार्दपर्ण वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउने ।

सुरक्षा चुनौती

मादक पदार्थ तथा लागऔषध सेवनबाट सृजित अन्य अपराध, झै झगडा एवं होहल्ला गरी शान्ति सुरक्षामा असर पुग्ने खालको उच्छृङखल क्रियाकलापहरु हुनगर्न सक्ने ।

चोरी, बिभिन्न बैंकहरुको ATM फुटाई चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, गालीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई ठगी तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, चन्दा असुली, जुवातास लगायतका अपराधहरु बढ्न सक्ने, विभिन्न हातहतियारको प्रयोग समेत गरी अपराधिक घटना घटाउन सक्ने ।

मादक पदार्थ तथा लाग औषध सेवन गरी सवारी चलाउने, तिब्र गति, ओभरलोड लगायतका अन्य ट्राफिक नियम समेत उलंघन गरी सवारी चलाउदा दुर्घटनाका घटनाहरु बढ्न सक्ने ।

सार्वजनिक यातायातमा बढी भाडा असुली, यात्रुहरुसँग दुर्व्यवहार एवं ठगी गर्न सक्ने ।

आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने तथा पटका पड्काई आगलागीका घटना घट्न सक्ने कारण मानवीय तथा आर्थिक क्षत हुन सक्ने ।

दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्ने ।

चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि गरिने प्रयासहरु

चाडपर्वमा हुने अपराध नियन्त्रणको लागि जनचेतनामुलक जिङ्गल बजाउने ।

विभिन्न मठ मन्दिर, शक्तिपिठ, जात्रा निस्कने स्थानहरुदउ हुन सक्ने वैध घरेलु मदिरा तथा लागऔषध ओसारपसार तथा विक्रि वितरणलाई न्यूनिकरण गर्न प्रभावकारी प्रहरी परिचालन गर्ने ।

चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, वगालीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न सूचना सकलन तथा विश्लेषण गर पिकेटिङ, नियमित चेकिङ, आकस्मिक चेकिङ, आकस्मि तथा विस्तृत खानतलासी, QRT, पैदल तथा सवारी साधनबाट गस्ती गर्ने ।

आम नागरिकहरुसग समन्वय तथा सहकार्य गर्ने ।

ट्राफिकसँग सहकार्य गरि बढी सवारी दुर्घटना हुने समय, स्थानहरुको पहिचान गरी मा.प.से., ओभरस्पिड तथा ओभरलोडलाई लक्षित गरि नियमित तथा आकस्मिक चेकिङ प्रभावकारी बनाउने ।

बसपार्क, सवारी चाप बढी हुने स्थानहरु टिकट बुकिङ काउन्टरहरुमा यातायात व्यवसायी, ट्राफिक सहितको प्रहरी संयुक्त हेल्प डेस्क राख्ने र यात्रुहरु ठगिन सक्ने कुरालाई ध्यानमा राखी निगरानी गर्ने ।

पटका भण्डारण, ओसारपसार तथा विक्रिवितरण गर्नेलाई कानून दायरामा ल्याई कारवाही गर्ने

कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायहरुसँग समन्वय गरी सूचना संकलन समेत गरी निरन्तर बजार अनुगमन गर्ने

CC Camera निगरानीलाई प्रभावकारी बनाई अपराध नियन्त्रण तथा रोकथाममा प्रयोग गर्ने । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गरी आमनागरिकमा सचेतनाको अभिबृद्धि गर्ने

सुरक्षा योजना अनुसार सम्पादित कार्यहरु

 <!--[endif]-->सुरक्षा योजना निर्माण गरि कार्यान्वयन भई रहेको ।

सुरक्षा योजना अवधिभर ६१७ जना प्रहरी परिचालित गरिएको ।

रात्रीकालिन सरप्राइज डिउटी परिचालन गरिएको ।

जिल्ला प्रशासन, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासँग संयुक्त बजार अनुगमन गरिएको ।

ट्राफिकसँग संयुक्त चेकिङ र मा.प.से. तथा ला.प.से. चेकिङ गरिएको ।

जिङ्गल बजाउने, माईकिङ, घरदैलो कार्यक्रम, जनचेतनामुलक पर्चा पम्पलेट वितरणको लागि  १०,००० वटा  पर्चा पम्प्लेट छाँप्ने कार्य भईरहेको ।

२ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको । (लोकन्थली र जगाती चोक)

 <!--[endif]-->सवारी साधनमा पाकेटमारी नियन्त्रणका लागि सेफ्टी पिन प्रहरी परिचालन गरिने ।

 <!--[endif]-->शक्तिपिठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको सुरक्षा डिउटी व्यवस्था मिलाइने ।

  <!--[endif]-->महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षा डिउटी व्यवस्था मिलाउने ।

  <!--[endif]-->नाकामा चेकिङ गरिने ।

सामान्य अवस्था बाहेकका थप डिउटीहरु

      <!--[endif]-->यात्रु सहायता कक्ष (हेल्प डेस्क),

      <!--[endif]-->बजार अनुगमन,

      <!--[endif]-->लामो दुरीमा चल्ने सवारी साधनको चेकिङ,

      <!--[endif]-->एम्बुस डिउटी,

      <!--[endif]-->आकस्मिक रात्रिकालिन चेकिङ,

      <!--[endif]-->पैदल गस्ती, चाड पर्व सुरक्षा केन्द्रित चेकिङ,

...

All Comments.......


Please Login/Register To Comments