सूर्यविनायक नगरपालिका वडा नं ८ आशापुरी नैचालमा शनिबार पहिरामा परी एउटै परिवारका दुईजनाको मृत्यु भएको ठाउँंमा अझै दुई दजृन परिवार जोखिममा रहेको बताइएको छ । वडाका पूर्व वडा सदस्य अजय तामाङका अनुसार घटना आसपासका अझै दुई दर्जन घरवस्ती जोखिममा छन् । आशापुरी नैचालको यो क्षत्र भौगोलिक हिसावले पहाडैपहाडमा पर्दछ । वस्तीका चारैतिर जंगलै जंगल छन् । तामाङका अनुसार दसकौंपछि यस्तो ठूलो पहिरो गाउँंमा गएको हो । 

अविरल वर्षाका कारण शनिबार भक्तपुरमा ५ जनाको मृत्यू, २ जना घाइते, ४१७ घर÷२२४ टहरा डुवान, ५६ जना मानिसहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको थियो । आइतबार दाहसंस्कार गरिएका दुईजना बाहेक जिल्लामा शनिबार पहिरोमा परी कालिकोट सानी त्रिवेणी न.पा. ५ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा. वडा नं. ९ सूर्यमोड बस्ने बर्ष २४ की बमिला शाही र (९ महिनाको गर्भ रहेको ) र सोही स्थानमा घर भई सूर्यविनायक ९ मै बस्ने बर्ष १४ की मनिषा शाही, सोही स्थान घर भई सोही स्थान बस्ने बर्ष ४ की श्रीया बमको निधन भएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments