भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रहेको ५ वटा मासु र १ वटा फलफुल पसल अनुगमन गरियो । अनुगमनमा मासु विग्रेर गन्हाएको १९ किलो जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजकले बताउनुभयो । 
अनुगमनमा महमद समिर मिट सप दर्ता नविकरण नभएकोले नविकरण गर्न, फ्रिज र पसल सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई मासु विग्रेर गन्हाएको १९ किलो जफत गरी नष्ट गरी तराजु १ थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै च्वङ्गा गणेश मिट सेन्टर मासु धुलो र झिंगा नभन्किने गरी जालि छोप्ने वा सिसाको बाकस भित्र राख्ने व्यवस्थान गर्न निर्देशन दियो ।
त्यस्तै न्यू दि मनकामना मिट हाउसमा लेबल नभएको प्याकेजिङ्ग मःमः विक्रिवितरण गरेकोले खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न र सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्ननिर्देशन दियो ।
जय बराही मासु पसल सरसफाईमा ध्यान दिन र पसल व्यबस्थित गर्न निर्देशन दियो । 
त्यस्तै एन्ताज कोल्ड स्टोरमा फ्रिज सफा गर्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दिई तराजु एक थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिई आएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । 
त्यस्तै शवनम ताज फ्रुट सेन्टरमा म्याद नाघेको रियल जुस सानो १३ वटा, ठूलो एक लिटरको ५ वटा, डाजेस्टिभ विस्कुट ५ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, पशु सेवा शाखा भनपाका पार्वती योञ्जन, जिल्ला प्रशासन कार्याल भक्तपुरका यादव प्रसाद मिश्र, आन्तरिक राजश्व कार्यालय भक्तपुरका देवानन्द तिमिल्सिना, महानगरिक प्रहरि परिसर भक्तपुरका सहायक प्रहरी निरिक्षक जनक थापा र उद्योग तथा बाणिज्य कार्यालय, भक्तपुरका लक्ष्मी प्रसाद कासुलाको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments