भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका निकोसेराको सिंगो वस्ती विस्थापनको खतरामा परेपछि स्थानीय आन्दोलित भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं ९ का स्थानीय पीडितहरु भूमि अधिकार संरक्षण समिति गठन गरी आन्दोलिन भएका हुन् । 
निकोसेराको यो वस्ती मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा परे पनि यो भक्तपुर नगरपालिका र सूर्यबिनायक नगरपालिकाको सिमानासँंग जोडिएको छ । यो वस्ती निकोसेरा सडक (सल्लाघारी दुवाकोट चोकदेखि मध्यपुर पुरानो थिमि बाखा बजार पुग्ने सडक) मुख्य सडकको दक्षिणमा पदर्छ । यो वस्तीको उतरमा सडक र दक्षिणमा हनुमन्ते खोला पर्दछ । 
हनुमेन्ते खोला र सडकको विचमा परेको यो वस्तीमा खोला र सडक दुवैको मापदण्डको हिसाव गर्दा ढलान गरेर बनाइएको झण्डै एक सय घरहरु नै भत्काएर विस्थापित हुने खतरामा परेको हो । यो वस्तीको मुख्य निकोसेरा सडक २० मिटरको छ । सडकको मापदण्ड साढे १२ मिटरको छ । अर्काे साइटको खोला २० मिटर चौडाइको छ । खोलाको सेन्टरबाट २० मिटर मापदण्ड छोडनुपर्छ । अहिले नयाँं नियम अनुसार थप २० मिटर थप छोड्नुपर्छ । यसरी दुवै साइट सडक र खोलाको मापदण्ड छोडनुपर्दा कुल साढे ५२ मिटर छोडनुपर्छ, जबकि खोला र सडकको विचको दुरी त्यति पनि छैन । 
भूमि अधिकार संरक्षण समितिका उपाध्यक्ष निशुल प्रजापतिले दुवैतिरको मापदण्ड हिसाव गर्दा वस्तीभित्र पक्की रुपमा बनेका ढलानका घरहरु मात्रै विस्थापित नभई दुवैतिरको मापदण्ड नै पुग्दैन । खोलाको ४० मिटर र सडकको साढे १२ मिटर गरेर कुल छोडनुपर्ने साढे ५२ मिटर हुन्छ, उनले भने, जबकि चौडाई साढे ५२ मिटर नै छैन । 
यहाँंका वस्तीहरु निकोसेरा सडकको लहरै छ । लहरै ढलानका पक्की घरहरु बनेका छन् । तर पनि यतिबेलासम्म नगरपालिकाले सडकको मापदण्ड छोडेर घर बनाउन नक्सा पास दिइरहेको छ । उता खोलाको पनि मापदण्ड लागू गरेपछि ती घरहरु भत्काउनुपर्ने हुन्छ । 
संघर्ष समितिका सदस्य एवं स्थानीय महेश प्रजापतिले पहिला खोलाको मापदण्ड २० मिटर कायम हुँंदा नै आफूहरुले विरोध जनाउँंदै आएकोमा अहिले थप २० मिटर खोलाको मापदण्ड कुनै हालतमा मान्य नहुने बताए । यही कारण आफूहरु आन्दोलित भएको उनले सुनाए । आन्दोलनको क्रममा मध्यपुर थिमि नगरपालिका, वडा कार्यालयमा ज्ञापनपत्र बुझाउने मात्रै नभई सडक संघर्षका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको उनले सुनाए । सासथै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिसँंग पनि समन्वय गरी उपत्यकाव्यापी आन्दोलनको क्रममा रहेको उनले सुनाए । 
स्थानीय पीडित मोहन प्रजापतिले आफूसँंगै सात आना दुई पैसा जग्गा भएकोमा अहिले खोलाले २० मिटर लिएपछि आधी जग्गा बाँंकी भएको र थप २० मिटर थपिंदा पूरै जग्गा जाने भएको पीडा सुनाए । मेरो नाममा जग्गा छ, त्यहीस्वरुप अहिले मैले गुठी संस्थानमा वर्षको २३ पाथी चामल बुझाउनुपर्छ, उनले भने, यो सवै जग्गा जाँंदा पनि मैले त्यो कर तिररहनुपर्छ, अनि कसरी न्याय हुन्छ । 
उनको जग्गा एकल स्वामित्व नभई गुठीको पनि रहेकोले जग्गा नभए पनि कागजमा आफनो जग्गा रहने र त्यही कारण गुठीलाई बाली तिरिरहनुपर्ने भएको उनले बताए । स्थानीयले बताए अनुसार यस्तो समस्या त्यहाँं पाँंच सय १३ रोपनी जग्गाधनीको छ । किनकि त्यहाँं पाँंच सय १३ रोपनी जग्गा गुठीको नामको छ ।
त्यहाँंका पीडितहरु मापदण्डले नलिदासम्म जग्गा आफूहरुले कमाई गर्दै आए पनि अहिले पनि बाली खान नपाएको दुःखेसो पोखे । प्रत्येक वर्ष हनुमन्तेको बाढी पसेर बालीनाली नष्ट गर्ने भएकोले बाली गरे पनि खान पाउने अवस्था नरहेको स्थानीयले बताए ।  

...

All Comments.......


Please Login/Register To Comments