चाँगुनारायण । “सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण” भन्ने नाराका साथ आज अक्टोबर १ का दिन  चाँगुनारायण नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरि ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएकोछ । 
चाँगुनारायण नगरपालिकाले सबै वडाका ९० वर्ष माथीका ज्येष्ठ नागरिकहरुलाई घरमै गई फलफुल न्यानो कम्बल वितरण, सम्मान र स्वास्थ्य जाँच गर्ने कार्यक्रम राखिएको थियो भने २ नं वडामा बृहत ज्येष्ठ नागरिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो । 
स्वास्थ्य शिविरमा उपस्थित ९० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख जीवन खत्रीले दोसल्ला ओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गर्नु भएको थियो । 
कार्यक्रममा सम्बोधन गर्नुहुदै नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरीकहरुले स्वस्थ्य, सुरक्षित, सक्रिय तथा मर्यादित रुपमा जीवनयापन गर्न सक्नुहोस् भन्ने हेतुले सामाजिक विकास शाखा अन्तर्गत भइरहेको गतिविधिहरुमा सहयोग हुने गरी स्वास्थ्यलाई केन्द्रित गरी नेपाल रेडक्रस सोसाइटीसंगको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ्य बुढ्यौली कार्यक्रम सञ्चालन गरीरहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकहरु जिँउदो इतिहास भएकोले नयाँ पुस्ताले धेरै कुराहरु सिक्न सकिने कुरा बताउनुभयो । नगर प्रमुख खत्रीले अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिक बुबा आमाहरुलाई सुस्वास्थ्य दिर्घायु जीवनको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्नु भएको थियो । उहाँले २०८१ साल असोज १० गते देखि १२ गते सम्मको अविरल वर्षात्को कारण प्रभावित हुनु भएका ज्येष्ठ नागरिकहरुको लागि सहारा परियोजना अन्तर्गतसहयोगको लागि नेपाल रेडक्रस सोसाइटी तथा स्वीस रेडक्रससंग सहकार्य गरिने जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्यालमा राखेर स्वस्थ्य र सक्रिय अनि मर्यादिन जीवन यापनमा सहयोगी होस् भन्ने हेतुले चाँगुनारायण नगरपालिकासंग सहकार्य गरि स्वस्थ्य बुढ्यौली परियोजना चाँगुनारायणमा सञ्चालन गरीरहेको बताउनु भयो । उहाँले स्थानीय तहसंग सहकार्य गर्दै समुदायको संकटासन्नता कम गर्ने तथा सामुदायिक विकासमा सदैव अग्रसर नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा कार्यमा सदैव जनताको साथमा रहेको बताउनुभयो ।  
कार्यक्रममा चाँगुनरायण नगरपालिका वडा नं २ का अध्यक्ष सोम प्रसाद प्रधान, ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मी भक्तसुवल लगायत जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल मेडिकल कलेज, तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिहरुले ज्येष्ठ नागरिकको स्वास्थ्यको महत्वका बारेमा विचार राख्नुभएको थिाये । 
जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा नेपाल रेडक्रससंगको साझेदारीमा नगरपालिकाद्धारा सञ्चालित सहारा परियोजना अन्तर्गत ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । स्वास्थ्य शिविरबाट १९७ जना ज्येष्ठ नागरिकहरु लाभान्वित हुनु भएको थियो । स्वास्थ्य शिविरमा साधारण स्वस्थ्य परिक्षण, इसिजी सेवा, आँखा शिविर तथा प्रयोगशाला परिक्षणको सुविधा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाण्डौ मेडिकल कलेज, तिलगंगा आँखा अस्पताल, चाँगुनारायण नगर अस्पताल संग सहकार्य गरिएको थियो ।
त्यसै गरि ३४ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा ९० बर्ष भन्दा माथीका ८७ जना ज्येष्ठ नागरिकहरुका लागि दोसल्ला ओढाई सम्मान गर्नुका साथै न्यानो कपडा, फलफुल र पोषीलो खानेकुरा वितरण गरिएकोे थियो ।

...

All Comments.......


Please Login/Register To Comments