भक्तपुर । प्रत्येक वर्ष नयाँं वर्षको अवसरमा भक्तपुरमा मनाइने विस्केट जात्राको क्रममा लिंगो उठाउने ठाउँं ल्योसिंखेलमा हिजोआज तपाई पुग्नुभयो भने एउटा हेर्न लायकको दृश्य देख्नुहुन्छ, त्यो हो मण्डप पुननिर्माणमा जनश्रमदान गर्नेहरुको लर्काे । भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा प्रत्येक वर्षको अन्तिम दिन उठाइने र नयाँं वर्षको पहिलो लिंगो ढाल्ने ५५ हात लामो लिंगो जात्रास्थलमा हिजोआज दर्जनो महिला तथा पुरुषहरु सार्वजनिक मण्डप (पाटी) पुननिर्माण जुटिरहेका छन् ।
विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न, छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुयाउनमा तल्लिन देखिन्छन् । महिलाहरु इटा सफा गर्न र माटो छानासम्म पुयाउनमा व्यस्त देखिन्छन् भने पुरुषहरु माटो मुछ्नमा व्यस्त देखिन्छन् ।

च्यासिलीं मण्डप पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष राजाराम चवालका अनुसार पछिल्लो एक हप्तादेखि यहाँं दैनिक दर्जनौ महिला तथा पुरुषहरु जनश्रमदानमा जुटिरहेका छन् । आफनै घरबाट खाजा ल्याएर उनीहरु खाजासमेत पनि आफनै खाएर श्रमदान गरिरहेका छन् । कुनैकुनै दिन उनीहरुको लागि स्थानीय इच्छुकले आफनो पैसा राखेर खाजाको वन्दोवस्त मिलाइदिने गरेको उनले जानकारी गराए ।

अध्यक्ष चवालका अनुसार पहिलो पटक एक हप्ता अगाडि गएको शुक्रबारबाट जनश्रमदानका लागि आह्वान भएको थियो । त्यस अनुसार अहिले दैनिक दर्जनौ महिला पुरुषहरु जनश्रमदानमा आइरहेको अध्यक्ष चवालले सुनाए । यो अघि पनि आवश्यकता परेको बेला जनश्रमदानमा बोलाउने गरेर र आउने गरेको उनले स्मरण गरे । तर पछिल्लो पटक छाना छाउने बेला धेरै जनश्रमदान आवश्यक पर्ने भएकाले अहिले जनश्रमदान गर्न आउनेहरुको लर्काे लागेको देखिएको उनले सुनाए ।

<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->...

All Comments.......


Please Login/Register To Comments