सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.द्धारा विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका व्यवसायी, शिक्षाकर्मी एवं संस्कृतिकर्मीहरुलाई नगद सहित सम्मान गरिएको छ ।
सिद्धार्थ सहकारीको १५ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा व्यवसायी गणेशकुमार प्रजापति, चाणक्य स्कुल=कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, इन्द्रजात्राको भोलिपल्ट तेस्रो पटक जिब्रो छेडाएका थिमिका साहसी व्यक्ति विरेन्द्रभक्त गजु श्रेष्ठ र व्यवसायी राधेश्याम भ¤राईलाई दोसल्ला, कदरपत्र एवं नगदसहित सम्मान गरिएको छ । सिद्धार्थ सहकारीका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सिद्धार्थ सहकारीका सामाजिक कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र सम्पदालाई स्थानीय बासिन्दाको आयआर्जनसँग जोड्न आगामी पुसमा ३ दिने मध्यपुर महोत्सव आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल, भक्तपुर जिल्ला सहकारी संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधाना»्ग, बालकुमारी सहकारी थिमिका अध्यक्ष तुईलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक थिमि शाखाकी प्रमुख सीता भ¤राई, मध्यपुर थिमि सहकारी शाखा प्रमुख अभयन्द्र रञ्जित, शंखधर बचत कोषका अध्यक्ष केशव कृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले सिद्धार्थ साकोसका सामाजिक कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले नीति, विधि र प्रविधिमा सञ्चालित सिद्धार्थ साकोसको शेयर सदस्य केन्द्रीत कार्यहरुको बुदाँगत जानकारी दिदैं सिद्धार्थ साकोसले शेयर सदस्यहरुको आर्थिक उन्नतिसँगै दिगो व्यवसाय सञ्चालन को वातावरण तयार गरिरहेको बताउनु भयो । संस्थाका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले संस्थाको छोटो गतिविधि सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा संंस्थाका सचिव सोहन कायस्थले गत आर्थिक वर्ष २०८०=०८१ को वार्षिक प्रगति प्रतिवेदन र चालु आ.व.को नीति कार्यक्रमहरु बुदाँगत रुपमा प्रस्तुत गर्नुभयो । संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले संस्थाले आ.व.२०८०=०८१ मा २३ लाख ३१ रुपैया खुद बचत गरेको तथ्य प्रस्तुत गर्नुभयो । कार्यक्रममा सिद्धार्थ जेष्ठ नागरिक सम्मान, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारी सम्मान प्रदान गरिएको थियो । संस्थाका सचिव सोहन कायस्थले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लेखा संयोजक तुल्सीभक्त श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य लक्की पाउरोटीका प्रोपाइटर गणेशकुमार प्रजापतिको सफलताको कथा श्रव्यदृश्य प्रोजेक्टर मार्फत प्रदर्शन गरिएको थियो । बाल बचतकर्ताहरुलाई पनि मायाको सौगात प्रदान गरिएको उक्त कार्यक्रममा शिक्षाकर्मी चन्दनकृष्ण श्रेष्ठलाई शिक्षा सम्मान र विरेन्द्रभक्त श्रेष्ठलाई स्व.लक्ष्मीभक्त लाखे श्रेष्ठ सांस्कृतिक सम्मान प्रदान गरिएको सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । सिद्धार्थ सहकारीमा १६ सय ७ जना शेयर सदस्य र २ सय ५० बालबचतकर्ता गरी १८ सय ५७ जना शेयर सदस्य र शेयर पुँजी ३ करोड ३८ लाख १८ हजार पुगेको संस्थाका सचिवको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments