मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेठले मध्यपुर थिमिका परम्परागत संस्कृति, पेशा, जात्रा, नाच एवं सम्पदालाई पर्यटनसँग जोडेर आयआर्जन गर्न सकिने बताउनु भएको छ । 
मध्यपुर थिमि नपा ५ ताकुबास्थित मध्यपुर थिमि बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । मध्यपुर थिमि सहकारीका अध्यक्ष कृष्णकाजी मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख श्रेष्ठले शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, सम्पदा पुननिर्माण सँगै आगामी पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव २०८१ आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा मथिनपा वडा नं.८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, स्थानीय व्यवसायी एवं समाजसेवी न्हुछेरत्न मानन्धर, नेप्mस्कुन थिमि शाखा प्रमुख कल्पना पराजुली लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । मध्यपुर थिमि सहकारीका अध्यक्ष कृष्ण काजी मानन्धरले वार्षिक प्रतिवेदन पेश गर्दै १५ सय ३ शेयर सदस्य र १ करोड ४६ लाख ९७ हजार ८ सय चुक्ता पुँजी पुगेको जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सदस्य कृष्ण सुन्दर प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा थिमि भैलका व्यवस्थापक एवं कलाकारहरुलाई दोसल्ला र कदरपत्र सहित विशेष सम्मान गरिएको थियो । थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा महिला सदस्य मेनुका भासिमाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्चारकर्मी सागर गुरागाईंले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा मध्यपुर थिमि सहकारीका अध्यक्ष मानन्धरले नीति, विधि, प्रविधिबाट सञ्चालित मध्यपुर थिमि सहकारकीले गतवर्षदेखि आफ्नै भवन मथिनपा ५ ताकुबाबाट कारोवार गरिरहेका जानकारी दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments