भक्तपुर । मध्यपुर थिमिको हाती महाँकाल, भुलाँखेलमा रहेको भुलाँखेल बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा बिहीबार घटस्थापनाको दिन न्यू एभरेष्ट पार्टी प्यालेस, बहाखा बजारमा सम्पन्न गरेको छ । 
कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरेको कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले नगरबासीको आर्थिक विकासमा सहकारीको बिशेष भूमिका रहने र बर्तमान सहकारी क्षेत्रमा देखिएको विकृतिको अवस्थामा पनि समुदायको विश्वास जितेर समुदायको आर्थिका विकासमा टेवा पु¥याउने कार्यमा सफल युवा कार्यको प्रशंसा गर्दै नगरपालिकाले सहकारी ऐन लागू गरेर सहकारी संस्थाको अनुगमन कार्य शुभारम्भ गर्नुका साथै स्थानीयको सक्रियतामा संचालनमा रहेको संस्थामा कुनै समस्या नरहेको जानकारी दिए ।
कार्यक्रम सहकारीका अध्यक्ष ओम प्रकाश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सभापतित्व गरेको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, नगरपालिकाका सहकारी शाखा प्रमुख अभयन्द्र रन्जित,  जिल्ला बचतका प्रतिनिधि कान्छाभक्त घजुलगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेको थियोे । 
संस्थाका उपाध्यक्ष अनिल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संंस्थाका कोषाध्यक्ष रत्नमान शंखदेवले संस्थाले आ.व.२०८०÷०८१ लेखा प्रतिवेदन प्रस्तुत गरेको थियो । भने लेखा संयोजक विरकृष्ण श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो । साथै ऋण उपसमितिका संयोजक रामचन्द्र श्रेष्ठले ऋण सम्वन्धी संस्थाको प्रतिवेदन र शिक्षा उपसमितिका संयोजक दीपक श्रेष्ठले संस्थाको सामाजिक तथा साँस्कृतिक प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव कृष्ण चन्द्र श्रेष्ठले गरेको थियो ।
साथै उक्त साधारण सभाले पुनः ओम प्रकाश श्रेष्ठको अध्यक्षतामा एकजना बाहेक सबै पुरानै कार्यसमितिका सदस्यलाई निरन्तरता दिएको संस्थाका सचिव अनिश श्रेष्ठले जानकारी दिए ।

...

All Comments.......


Please Login/Register To Comments