आरती नेपाल

कक्षा १२, ख्वप मा.वि.


म अनामिका ,

एक कुमारी आमा

जिउँदै जलेकी ,म एकल आमा

जिम्मेवारीले थिचेर ,  पुगेकी म

/b]zL आफ्नो ,अस्मिता लुटिदा

विवश भई, स्वदेश फर्किएकी म

कोही आफ्नो नभएklgआमा छिन्

भन्दै अन्तिम आस, लिएर हिँडेकी म

पहिलो कदम टेक्दा , जन्मघरमा

स्नेहले हृदय प्रफुल्लित, भएको थियो

तर अलिक, म फुलेको देखि

बा आमाको मुटु ,डराएको थियो

अस्पतालमा झन् डाक्टरले

दिएको खुसीको खबरले बाबा

आमाको मनमा जहर भारी दियो

प्रमको त्यो कुण्डमा घृणा भरि दियो ।

अनि उठ्यो प्रश्न म माथि

लाग्यो दाग नारी अस्मिता माथि

आफैलाई दोष दिउँत कसरी दिउँ

न कुनै पुरुष सामु म ,झुकेकी थिए

न प्रमिल जिवनमा नै ,डुबेकी थिए

बताऊँ त कस्कसलाई बताऊँ

आफू निर्दोष भएको खबर

सुनाउँ त कस्कसलाई‌ सुनाउँ

पीडित मनको दुःखमय खबर

त्यही माथि समाजको डरले

बाआमालाई म छोरी भन्न पनि

लाज लाग्न थाल्यो

एक छोरी भएर बाआमाको लागि

अविशाप भएर बाँच्नु भन्दा

बरु मर्न सजिलो लाग्यो ।

सायद एक छोरी मात्र भएकी भए

घाँटीमा पासो लगाउन समय लाग्दैनथ्यो

नाबालक छोरीलाई अनाथ जीवन

दिन यो मनले मन्दैनथ्यो ।

तर मेरी छोरीले बाबाको नाम

सोधिन भने

आमा बाबा कहाँ hfG5'  भन्दै

जि4L गर्न थालिन् भने

भन्ने त्रासमा र समाजले उसलाई

पक्कै नराम्रो भन्छ भन्ने आसमा

एक रात मातृत्व गुमाएर,छोरीको

भविष्य राम्रो हातमा परोस् भन्ने

आसै आशमा

समाज सामु सिर झुकाएर ,  छोरीलाई

एक इनार नजिक छाड्न म बाध्य भए

छोरीलाई एक उज्वल भविष्य दिन नपाउँदा

मैले एक असल आमा हुनुको

पद पनि गुमाए ।

भोलि पल्ट पत्रिकाको हरेक पानामा

छोरीको निहौरो मुहार देखे

मन अचानक अतासिन पुग्यो

छोरी भोकाएकी होली भन्ने लाग्यो

ममताले निथ्रुक्क भिजेकी म

दौडँदै छोरी कहाँ पुगी

अंकमाल गर्न मन लाग्यो

तर समाज दराल बनेको थियो

...

All Comments.......


Please Login/Register To Comments