व्यथाको कथा
  • Post Date 2024-10-07 04:49:22

डा इन्दुल केसी 
वियोग र संयोग नियति रहेछ
छुट्टिनु र मिल्नु नदीको किनार रहेछ ।

आँखाको आँसु भित्रभित्रै सुक्दो रहेछ
ओठको मुस्कान भित्रभित्रै लुक्दो रहेछ ।

घाउ छ मुटुमा उपचारै नलाग्दो रहेछ
आगोे झै बल्दोरहेछ, निभाउनै नसक्ने रहेछ ।

दुनियाँको रीतिरिवाज यस्तै रहेछ
पालना नगरे पागलमा दरिँदो रहेछ ।

म ताक्छु मुढो... नेपाली उखान रहेछ
मलाई नै ताक्ने बन्चरोहरु रहेछ ।

दुःखमा कोही सहभागी नहुने रहेछ
सुखमा सारा सहभागी हुने रहेछ ।
               ८८८८                                             २०८१÷६÷२१ गते

...

All Comments.......


Please Login/Register To Comments