प्रकाश तजले
१। पुत्रमोहले उचाई छुँदा 
  त्यसमाथि सहारा र कूलकै चिन्ताले छोप्दा
  ३३ कोटी देवता भाकेर, ३३ किलो लड्डू चढाएपछि
  भगवान खुशी भएका थिए रे १ 
  अनिमात्र बाबाले म अर्थात् वारिस पाएका थिए रे १
  कति दिन त बुवाको खुट्टा भुईँमा थिएन रे १
  जेहोस्, बुवा निक्कै खुशी थिए रे १

२। तर देशले युवा लखेटेका बेला
  त्यसमाथि सरकार मरेको देशमा 
  बुवाको खुशी मात्र कसरी दीर्घायु हुन्थे र रु
  आफुसँगै राख्ने सपना कसरी साकार हुन्थे र रु

३। बुवा(आमाको भरोसा, परिवारको जिम्मेवारी
  लाला(बालाका सपनाका भारी
  पिठ्यूँमा बोकी,
  म पनि पुगेँ( रेगिस्तानको त्यो देशमा ।

४। रेगिस्तानको ताता हावा बहिरहने त्यो भुमिमा
  भेँडाका बथान चराउँदै गर्दा 
  एक्कासी फोनको घण्टी बज्छ ।
  सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन्(
  “बाबा दशैँ आयो, घर कहिले आउनुहुन्छरु”
  म झसङ्ग हुन्छु,
  ए १ दशैँ पो आएछ ।

५। के गर्नुरु
  हरेक साल नानीबाबुहरुको मनमा 
  उमङ्ग लिएर आउने दशैँ,
  आमाबुवाको सामु भने
  बहिखाता लिएर आउँछ दशैँ ।
  अबोध सानीलाई चाँडै आउने बचन बाहेक
  मसँग के पो थियो र१
 

६। यस्तैगरी ८(१० दिनअघि,
  जतिबेला मालिक कड्किएका थिए मसँग
  कोर्रा बर्सिएका थिए बेजोडसँग ।
  मेरा आहतका चिच्याहतलाई पनि 
  दबाएर फोनको घण्टी बजेथ्यो ।
  बंगालको खाडीबाट मिसनमा हिँडेको वायुले
  वर्षाको रुप लियो रे १
  र बाढीको कहर बर्स्यो रे १
  घर र एक जोडा गाई पनि बगायो रे १
  अझ पिडा – आमा त अझै बेपत्ता छिन रे १ 
  हिराले हिरा काट्छ सुनेको थिएँ,
  साँचै त्यहाँ पिडाले पिडा खाएथ्यो ।
  कोर्राको चोट पनि फिक्का लागेथ्यो ।

७। देशमा कहिले जनताको सरकार हुने होरु
  डोजरे विकास र अव्यवस्थित योजना कहिले हट्ने होरु
  युवाको श्रम परदेशमा बेच्न कहिले रोकिने होरु 
  
८। युवाको पौरख र मेहनतको पसिनाले मात्र
  देशमा ईन्द्रेणी खुल्छ ।
  अध्ययन र निश्चित योजनाले मात्र
  विकासको मूल फुटाउँछ । 
  अनिमात्र भावी पुस्ता दङ्ग हुनेछ ।
  सारा युवाले परिवारसँग देशैमा रमाउनेछ ।
  सबैले वास्तविक दशैँ मनाउँनेछ ।
  यति चेतना नेतृत्वमा कहिले आउने होरु
२१ असोज २०८१
भक्तपुर ।

...

All Comments.......


Please Login/Register To Comments