भक्तपुर, असोज २२ । भनपा लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार वाकुपति चाँगुनारायण मन्दिर परिसरमा  सरसफाइ कार्यक्रम गर्यो । 

उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति तथा विभिन्न उपसमिति लगायत संस्थाका कर्मचारीहरूको सहभागिता रहेको उक्त सरसफाइ कार्यक्रममा वाकुपति चाँगुनारायण मन्दिरको ढोका, कलात्मक सिंह जोडीहरु, न्हेपं स्या देग(सूर्यनारायण मन्दिर), सरस्वती मन्दिर, दश अवतार तथा महादेव परिसर लगायत दियो बाल्ने दल्लुमा सफाइ गरेको थियो । भक्तपुर नगरको एक सहकारी एक सम्पदा सरसफाइ नीति अनुरुप उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रमलाई विगतमा झैं निरन्तरता दिने संस्थाका प्रबन्धक पूण्यराम गोसाईले बताउनुभयो ।
...

All Comments.......


Please Login/Register To Comments