आर.के. मध्यपुर थिमि । दिब्यश्वरी बचत तथा ऋण सहकारी संस्था लि. लाैहकिल्थलीले बिजया दशमी तथा शुभ दिपावलीकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

संस्थाकाे भवनमा आयाेजित साे अवसरमा संस्थाका अध्यक्ष तिर्थलाल कुटुले संस्थाले बिगत १७ बर्षदेखि सदस्यहरूकाे सेवामा समर्पित भएर एक सुरक्षित, प्रविधि मैत्री तथा भरपर्दाे संस्थाकाे रूपमा नगरभित्र स्थापित गराउन सफल भएकाे बताउनुभयाे । 
संस्थाले सहकारीकाे मूल्य, मान्यतालाई आत्मसाथ गर्दै सहकारीका सिद्धान्तहरूकाे अधिनमा रहिसमुदायमा छरिएर रहेका ससाना पुँजीलाई संकलन गर्ने र साे संकलित रकमलाई अधिकतम परिचालन गरि सदस्यहरूकाे आर्थिक हितका लागि सरल र सजिलाे किसिमले कर्जा प्रवाह गर्दै आईरहेकाे बताउनुभयाे । साे अवसरमा संस्थाकाे आर्थिक अवस्था बारे संक्षिप्त कुरा गर्दै कायममुकायम ब्यवस्थापक बुद्धलाल कुटुले संस्थासंग गत आव २०८०/८१ काे अन्तसम्ममा अन्तसम्ममा १ हजार ८ सय ७६ जना शेयर सदस्यबाट २ कराेड ४७ लाख ५ हजार ३ सय रूपैयाँ शेयर पुँजी संकलन भएकाे बताउनुभयाे । साेही अवधिमा संस्थाले १७ कराेड ७१ हजार ६ सय ९० रूपैयाँ संकलन गर्दै १३ कराेड ८१ लाख ८२ हजार २ सय ४ रूपैयाँ ऋण लगानीमा रहेकाे भन्दै कामु ब्यवस्थापक कुटुले साेही आवमा संस्थाले ८ लाख ८८ हजार २ सय ५९ रूपैयाँ करअघि नाफा गरेकाे समेत बताउनुभयाे । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिलाल कुटु,  पुर्वअध्यक्ष प्रदिप शर्मा, सचिव अमृतप्रसाद श्रेष्ठ, काेषाध्यक्ष जगतकृष्ण प्रजापतिलगायतका संस्थाका पदाधिकारी तथा शेयरसदस्यहरूकाे वाक्लाे उपस्थिति रहेकाे साेही अवसरमा शेयर लाभाशं र मायाकाे चिनाे समेत बितरण गरेकाे थियाे ।  संस्थासंग गत आव २०८०/८१ काे अन्तसम्ममा २२ कराेड ७३ हजार ८ सय ६४ रूपैयाँकाे सम्पत्ति दायित्वकाे वासलात रहेकाे छ भने जगेडा तथा अन्य काेषहरूमा १ कराेड १८ लाख ६५ हजार ८२ रूपैयाँ रहेकाे छ ।
...

All Comments.......


Please Login/Register To Comments