भक्तपुर । दसै र चिउरा परिपुरक हुन् । किनकि दसैंमा भोज खाइन्छ र भोजको मुख्य परिकार हुन्छ चिउरा । 
भक्तपुरको सन्दर्भमा यही चिउरा बनाउने पुस्तौपुस्तादेखिको काममा लागिरहेका एकजना युवा हुन् वीरेन्द्र जति । राम्रो शिक्षादिक्षा अनि नेतृत्वदायी कला रहे पनि उनी उही बाजेबुबाले गर्दै आएको परम्परामै सिमित छन् ।  
बीरेन्द्र वि.सं. २०५२ सालमा प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्णपछि आफनो बुबाले अगाल्दै आएको ताईचिन चिउरा उत्पादन गर्ने पेशालाई सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् अहिलेसम्म पनि । उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा प्रवीणता प्रमाण–प्रत्र तह र स्नातक तह उतीर्ण गरी स्नात्तकोतर तहमा अध्ययन गर्दैगर्दासम्म बुबाले सञ्चालन गर्दै गरेको घरेलु उद्योगको व्यवस्थापनको जिम्मा आफंैले लिइसकेका थिए । किनभने उनका बुबाआमा शिक्षित नभएकाले आफनो पेशालाई विस्तार गरेर ठूलो बनाउन सम्भव थिएन, जो बीरेन्द्र चाहन्थे । त्यो ताईचिन चिउराको व्यापारलाई अझव्यवस्थित र मर्यादित तवरले चलाउनसकेमा नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने उनको सोचाइ बन्यो ।
आफनो पेशामा सव्रिmय हुदै जाँदा उनी भक्तपुर घरेलु तथा साना उद्योग संघको कार्यसमिति सदस्यको जिम्मेवारीमा पुग्न सफल भए । त्यस लगत्तै संघकै सिफारिसमा उनले जापानको सदस्य राष्ट्र नेपालकोको आर्थिक सहयोगमा छिमेकी मित्रराष्ट्र भारतको कानपुरमा उद्योगको क्षमतावृद्धि सम्बन्धि अध्ययन अवलोकन भ्रमणमा भक्तपुर जिल्लाका १३ जना ताईचिन चिउरा उद्यमीहरुको टोलीको उपनेताका रुपमा सहभागी हुने अवसर पाए । त्सस भ्रमण लगतै फेरि नेपालतिव्वत व्यापार मेलामा सहभागी हुने अवसर पाए । यी सबै अवसर उनलाई बाबुले स्थापना गरेको उद्योगलाई निरन्तर अगाडि बढाउँदा प्राप्त भएका हुन् ।
आफनो पेशाबाट चाहे जति उत्पादन गर्न सके कमाउन सम्भव छ भनेर महसुस गरेका उनले धेरै उत्पादन गर्न सकिने मेसिन भारतबाट आयात गरी सञ्चालनमा ल्याए । त्यसपछि उद्योगको क्षमतामा वृद्धि भई उत्पादकत्व समेत बढेको छ । यसरी व्यवसाय बढाए पछि उनको आम्दानी वृद्धि भई क्रय–शक्तिमा उल्लेख्य सुधार आया,े जसले गर्दा उनको परिवारको जीवनस्तर पहिलेभन्दा धेरै माथि पुगेको छ । यसरी काम गर्दै जाँदा उनी पेशाका माध्यमबाट निकै अघि बढिसकेका थिए । 
सफल हँुदैजाँदा अवसरहरु पनि खोज्दै आउँछन् भनेझैं भयो उनलाई । युरोपियन युनियनको लगानीबाट सञ्चालित परियोजनामा उनको लक्ष्मी चिउरा मिलमा सञ्चालन हुन पुग्यो । यस परियोजनाको मुख्य उद्देश्य उद्योगमा हुने धुलो र धुवाँको प्रदूषणमा न्यूनीकरण गर्ने रहेको थियो । यस परियोजना अन्तर्गत चार वर्षको निरन्तर अध्ययनपछि कम पैसामा धुलो तान्ने मेसिन जडान गरे उनले । यसले हाल चिउरा उद्योगमा धुलोबाट हुने प्रदूषण ७०% सम्म नियन्त्रण भइसकेको उनी बताउँंछन् । यो प्रविधि हाल भक्तपुरका सम्पूर्ण चिउरा मिलमा सफलतापूर्वक जडान गरी संचालनमा रहनुमा बीरेन्द्रको अग्र्रणी भूमिका रहेको छ ।
वि.सं. २०६७ सालमा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तीर्ण गरे पछि उनी निकै दोधारमा परेका थिए । अधिवक्ताको अभ्यासमा जाने कि विकशित भइरहेको उनका बुबाको पेशालाई निरन्तरता दिने ? त्यसै सिलसिलामा उनका बुबाले यही पेसालाई अगाडि बढाउन सल्लाह दिए । त्यसपछि पिताको सल्लाह शिरोपर गरी अधिवक्ताको पेसालाई त्यागी यही पेसालाई मर्यादित बनाई उत्पादन वृद्धि गरी उद्योगलाई फराकिलो बनाउने निर्णय लिन पुगे । यही पेसा अगालेकै कारण वि.सं. २०७३ सालदेखि भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षको नेतृत्व वहन गर्ने अवसर पनि उनले पाएका थिए । उनकै नेतृत्वमा नेपालको ७७ जिल्लाको घरेलु संघहरुमध्ये सर्वप्रथम सूर्यविनायक नगरपालिका वार्ड नं. ६ गणेश मन्दिर जाने वाटोमा संघकै नाममा सुविधा सम्पन्न भवन बनाउन सफल भए ।
यही पेसाकै कारण नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरबाट उत्पादनतर्फ उत्कृष्ट उद्यमीको सम्मानबाट पनि सम्मानित हुने अवसर पाए । त्यतिमात्र होइन जापानको आयोजनामा फिजीमा आयोजित कार्यक्रममा नेपालको प्रतिनिधित्व गरी सहभागी हुने अवसर पनि उनैले पाए । यी यावत् अवसरहरुका कारण पनि उनी आफनो उद्योग व्यावसायलाई सम्मानसाथ दत्तचित्त भएर अघि बढाइरहेका छन्, दसैमा खाने भोजको मुख्य परिकार लोकल ताइचिन चिउरा उत्पादनमा लागिरहेका छन् । 

...

All Comments.......


Please Login/Register To Comments